Search

प्रविशाले कसिन् लगनगाँठो

प्रविशाले कसिन् लगनगाँठो

बाँपीझ्याला, काठमाण्डौं । गायिका प्रविशा अधिकारी विवाह बन्धनमा बाँधिएकी छन् । उनले निर्माण सिटौलासँग आज (आइतबार) लगनगाँठो कसेकी हुन् । प्रविशा र निर्माणको विवाह समारोह झापा चारपानेस्थित अधिकारीकै निवासमा चलिरहेको छ ।

निर्माणसँग प्रविशाले मागी विवाह गर्न लागेकी हुन् । पेसाले इन्जिनियर रहेका निर्माण अमेरिका निवासी हुन् । दुवै परिवारको सहमतिमा निर्माणसँग आफूले विवाह गर्न लागेको प्रविशाले केही अगाडि उनले बताएकी थिइन् । प्रविशा र निर्माणको इन्गेजमेन्ट केही दिनअगाडि झापामै भएको थियो ।

प्रविशा पछिल्लो समयकी चर्चित गायिका हुन् । चलचित्र र आधुनिक गरेर उनले थुप्रै गीतमा स्वर दिएकी छन् । प्रविशा केही दिन अगाडिबाट सुरु भएको रियालिटी शो ‘द भ्वाइस किड्स’ मा जर्जको रुपमा रहेकी छन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment