Search

नेपाल सम्वत् र ऐतिहासिक साँस्कृतिक शहर द्वाल्खा

नेपाल सम्वत् र ऐतिहासिक साँस्कृतिक शहर द्वाल्खा

नेपाल सम्वत् ११४२ को अवसरमा सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना ।

उपेन्द्र प्रधान, द्वाल्खा
गौरीशंकर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको दोलखा शहरको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषता रहेको छ । किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा शहर हाल आएर दोलखा नगरको नामले प्रख्यात रहेको छ । विशेष गरी नेवार समुदायको बसोबास रहको यस दोलखा नगरमा आफ्नै किसिमका रहनसहन, परम्परागत चाडपर्व, रीतिरिवाज मनाउनुका साथै आफ्नै मौलिक नेवारी मातृभाषा प्रचलनमा रहेको छ । मल्लकालमा डेढसय दशक स्वतन्त्र राज्यको रुपमा रहेर यसले गरेको संस्कृतिको विकासले गर्दा आजसम्म नेपालको इतिहासमा जवसम्म दोलखाको इतिहास पूरा हुँदैन तवसम्म नेपालको इतिहास अधुरो हुन्छ भन्ने प्रशिद्धता पाइएको छ ।

दोलखा शहर, यसको ऐतिहासिक नाम मल्लकालिन शासनकालसम्म अभयपुरबाट चिनिएको थियो भने बिक्रम सम्वत १५३८ मा यक्षमल्लको मृत्यु पछि उपत्ययकाको राज्य टुक्रा भए पश्चात् दोलखाको त्यसताकाका शासक उदयदेवको पालामा दोलखाधिपतीको रुपमा एउटा स्वतन्त्रराज्यको खडा भयोे । त्यस पछि अभयपुर शव्दको लोप र दोलखा शव्दको उत्पत्ती भयो । यसरी दोलखा शब्दको उत्पती कसरी भयो भन्ने सन्दर्भमा त्यसताका भेट्टाइएका प्रमाणहरु अनुसार ढ्वाकु–ठूलो लुखा–ढोका अर्थात द्वाल्खा, ठूलोढोका भएकोले द्वाल्खा शव्द अप्रभंश हुंदै दोलखा भएको भन्ने मान्यता रहेको छ ।

वि.सं. १५९१ देखि १६०५ सम्म तत्कालीन दोलखा शहरका राजा जयइन्द्रसिंह देवले हिन्दू राज्यकै सबभन्दा पहिलो पटक चा“दीको सिक्का निकाली आफ्नो शासनकालमा आफ्नो र रानी विजयालक्ष्मी महादेवी नामको टक छापी प्रचलनमा ल्याएका थिए जुन तथ्यलाई सावित गर्न ताडपत्र, शिलापत्र र भोजपत्र जस्ता ऐतिहासिक प्रमाणहरु आजसम्म पनि विद्यमान रहेको छन् ।

नेपालको इतिहास निमार्णमा बाबुराम आचार्यले दोलखाको ऐतिहासिक अस्तित्वको शंखनाद पश्चात् धनबज्र बज्राचार्य र टेकबहादुर श्रेष्ठ को अथक प्रयासबाट वि.स. २०३१ सालमा दोलखालाई इतिहासको पानाभित्र राखिराख्ने जमर्को स्वरुप “दोलखाको ऐतिहासिक रुपरेखा” तयार भयो । पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको दोलखा शहरको पूर्वमा आफ्नै विशेषता बोकेको चम्पुजा अवस्थित छ ।
यहाँ बाट मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशंकर हिमालको चिसो हावा स“ग–स“गै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्य हेर्न सकिन्छ । सोही स्थानबाट देखिने प्राकृतिक एवं धार्मिक महत्वको गौरीशंकर हिमाल पर्यटकीयहरुको स्वागतमा हा“सिरहेको भान हुन्छ ।

समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशंकर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक र बाह्य पयर्टकहरुलाई आरोहण गर्न निषेध गरिएको छ । यस्तै गरी समुद्र सतहदेखि करीव १३६०२ फिटको उचाइमा अवस्थित कालिञ्चोक भगवती लगायत गणेश ट्वापर यहाँ बाट सजिलै हेर्न सकिन्छ । यी ऐतिहासिक एवं धार्मिक देवस्थलहरुले यस शहरलाई नेपाल अधिराज्यकै महत्वपूर्ण ऐतिहासिक एवं धार्मिक स्थलका रुपमा स्थापित गरेका छन् । तर्सथ ऐतिहासिक द्वाल्खा शहर र नेपाल सम्बतको बारेमा यहाँ बिश्लेषण गर्न खोजिएको छ ।

नेपालमा लगभग लिच्छवीहरुले ७०० सय बर्ष जति राज्यसत्ता संचालन गरेको कुरा इतिहासबाट थाहा पाउन सकिन्छ । सात सय बर्षको राज्य सत्ता संचालनमा लिच्छवी वंशहरुले दुईवटा सम्वत् चलाएको देखिन्छ जुन सम्वत्् एक “शक” हो भने अर्को सम्वत्् “लिच्छवी” हो । शक सम्वत्् संस्कृतिको रुपमा विकास गरिएको र लिच्छवी सम्वत्् राष्ट्रको नाउँमा सञ्चालन गरिएको भन्ने मान्यता रहेको पाउँछौं । यसपछि नेपाली संस्कृतिमा यी सम्वत् केही समय हराएका थिए भन्ने भनाइ रहेको छ । तैपनि लिच्छवी सम्वत््का बारेमा नेपालका इतिहासकारहरुवीच मत भिन्नता देखा नपेरका होइनन् । इतिहासकारहरु कसैले लिच्छवी सम्वत्् नै हो भनेर भन्ने गरेको पाउंछौं भने कुनै इतिहासकारहरुले कार्तिकाढी बिक्रम सम्वत्् भनेर दावी गरेको पाइन्छ । आखिरमा जस्तोसुकै मत भिन्नता भएपनि लिच्छवी वंशहरुले नेपालको भुमिमा संस्कृति र राष्ट्रको परिचय गराउन खोजेको कुरा इतिहासले देखाएको छ । लिच्छवी वंशहरुले छोडेर गएको सम्वत््, धर्म, कला संस्कृति आदिले बर्तमान परिवेशमा आएर नेपालको पहिचान र गौरब कायम गर्न सफल रहेको महशुष गरिएको छ । लिच्छवीकालको अन्त र मध्यकालको उदय पछि अर्को नया“ सम्वत््को शुरुवात भएको हामीले पाउंछौं, जुन सम्वत् हो नेपाल सम्वत्् ।

नेपाल सम्वत्् नेवारहरुको मात्र सम्वत् होइन यो सम्वत् हामी सम्पूर्ण नेपालीको सम्वत् हो । कसै कसैले यो सम्वत् नेवारहरुको मात्र सम्वत्् ठानेका छन्, यो एउटा भ्रम मात्र हो । बिशेषगरी नेवार समूदायहरुले प्रचार प्रसार गर्नुका साथसाथै मनाउँदै आएको कारणले गर्दा पनि नेवारहरुको सम्वत्् हो भन्ने गरेको पनि हुन सक्छ ।

राजा राघवदेवको शासनकालमा शंखधर साख्वाः भन्ने एक जना ब्यक्तिले आफ्नो सम्पतिले नेपाली जनताको ऋण –मोचन गरीदिएपछि नयां सम्वत्् ल्याएको हो । यसरी नयां सम्वत््लाई ल्याइसकेपछि नेपाल सम्वत््लाई नेपाली जनताले इज्जत र गौरवका साथ मनाउँदै आउँनुका साथसाथै शंखधर साख्वाः लाई बिभूति मानिएको छ । हुन त हामीकहाँ बिभिन्न सम्वत््हरु रहेका छन् तर यो नेपाल सम्वत् र बुद्ध सम्वत् बाहेक अरु सबै सम्वत्् बाहिरबाट ल्याइएका सम्वत्् हुन् भन्ने मान्यता रहेको पाउँछौं । नेपाल सम्वत्् म्हःपूजाको दिनमा शुरु हुन्छ भने यो सम्वत््मा प्रयोग गरिएको तिथीमिति चन्द्रमासको आधारमा बनाइएको पाइएको छ ।

मल्लकालमा नेपालमा देखा परेका बिभिन्न लेख, रचना, ग्रन्थ एवं अभिलेखहरुमा नेपाल सम्वत््को प्रयोग भएको तथ्य हामीहरुले अहिलेसम्म पनि पाउंछौं । त्यसै गरी त्यसताकाका मुर्तिकला, बास्तुकला, शिलालेख जस्ता आदि लेखौटहरुमा पनि नेपाल सम्वत्को प्रयोग भएको पाउंछौं । यी बिभिन्न आधारहरुले गर्दा नेपाल सम्वत््को शुरुवात बि.सं. १३८२ तिरबाट भएकोे भन्ने तथ्य हामीले पाउँछौं । राजा राघवदेवको पालादेखि लिएर राणा शासनकालको शुरुवात नहुन्जेलसम्म नेपाल सम्वत्को प्रयोग भइरहेको थियो भने राणाशासनको शुरुवात भएपछि यो संस्कृतिबाट हराउन पुग्यो । यसै गरी राणा शासनको अन्त्य र पञ्चायती ब्यवस्थाको उदय पछि पनि नेपाल सम्वत्को बारेमा चर्चा चलेको थियो तर त्यसबेलाका सरकारले पनि मान्यता दिएको भने पाईदैन ।

यस पछि पञ्चायती ब्यवस्थाको अन्त र देशमा बहुदलीय ब्यवस्था आइसकेपछि नेपाल सम्वत्् नयाँ सम्वत््को रुपमा मान्दै आइरहेको पाउँछौं । यसै गरी जव नेपालमा गणतन्त्र आयो त्यसपछि नेपाल सम्वत्लाई राष्ट्रिय सम्वत्को मान्यता प्राप्त भयो । यो सम्वत् नेवारहरुको मात्र सम्वत्को रुपमा हेर्नु हुदैन यो सम्वतु सम्पूर्ण नेपालीहरुको सम्वत् हो । यी बिभिन्न तथ्य र प्रमाणहरुले गर्दा नेपाल सम्वत्् र नेपाली जनताको रगतसंग गाढा सम्बन्ध रहेको पाउंछौ ।

यसरी शुरु भएको नेपाल सम्वत््ले नेपाल भित्रका उपत्यकाका जिल्लाहरु कान्तिपुर, ललितपुर, भक्तपुर, किर्तीपुर र उपत्यका बाहिरका जिल्लाहरु दोलखा, रामेछाप, सिन्धुपाल्चोक, शंखुवासभा, भोजपुर, धनकुटा, पाल्पा, नुवाकोट, प्यूठान, नेपालगञ्ज, आदि जिल्लाहरुमा यसको आफ्नै छुट्टै पहिचान र ऐतिहासिक महत्व रहेको पाइन्छ ।

नेपाल सम्बत् ११३५ को पावन अवशर प्राप्त भएको छ । यसैले ऐतिहासिक शहर द्वाल्खा र नेपाल सम्वत्को बारेमा बिश्लेषण गर्नु सान्दर्भिक हुन्छ । दोलखा शहरमा नेपाल सम्वत्को प्रचलन किराँतकाल देखि नै प्रयोग हुंदै आएको हो । त्यसकारण नेपाल सम्वत दोलखामा पनि स्वभाविक रुपले प्रयोगमा आएको कुरालाई नर्कान सकिन्न । यस अनुसार औपचारीक रुपमा नेपाल सम्वत दोलखामा कुन साल देखि मनाउन थालियो भन्ने आधिकारीक जानकारी हालसम्म पुष्टी भएको छैन । तर विशेष गरी २०४६÷४७ साल पछि मात्र यस सम्वत्लाई यहाँका नोवर समूदायहरु अर्थात वासिन्दाहरुले नयाँ बर्षको रुपमा मनाउंदै आइरहेको छन् । यहाँ स्थित सामाजिक संघ संस्थाहरुले नेपाल सम्वत्को उपलक्ष्यमा आफ्नो मातृभाषाबाट कविता प्रयोगिता, हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिन्दै आइरहेको छ ।

इतिहासमा उल्लेख भए अनुसार त्यसताका दोलखा जिल्ला पनि एक राज्य थियो भन्ने प्रमाण ग्रन्थावलीबाट थाहा पाउँन सकिन्छ भने दोलखाको पूर्वमा सुनकोशी, पश्चिममा दूधकोशी, उत्तरमा तिब्बतको सिमाना देखि लिएर दक्षिणमा तामाकोशी र सुनकोशीको संगम बिन्दुसम्मको सिमाना रहेकोछ । इतिहासकार शिरोमणि बाबुराम आचार्यको भनाइअनुसार किरांतकालदेखि लिच्छवीकालसम्म नेवारी बस्ती रहेको पाउंछौं । त्यस वेला नेपाल सम्वत्् ४४६ देखि शुरु भएको पाइन्छ । यसरी दोलखामा नेपाल सम्वत््को प्रयोग ४४६–९५१ सम्ममा बिभिन्न ऐतिहासिक कला–कौशलमा प्रयोग गरिएको पाइन्छ । यसै गरी दोलखामा हालसम्म उपलब्ध भएका भीनपा वडा नं. –४ स्थित नसुको ढुंगेधारामाथि अवस्थित नारायण भगवान्को मूर्तिमा कुंदिएको अभिलेखमा पनि नेपाल सम्वत््को प्रयोग भएको पाउँछौं । जसमा नेपाल सम्वत्् ५८० अर्थात बिक्रम सम्वत्् १५१६ मा स्थापित भएको भनी उल्लेख भएको छ ।

यसै गरी भीनपा –४ पिंगल स्थित छोपती नामले प्रख्यात रहेको ढुंगे धाराको शिरानमा सानो नारायणको मुर्ति रहको छ । त्यसै गरी यसै धारामा दोलखाधिपती श्री उद्धवदेव ठाकुरले नेपाल सम्वत ६११ मा कृष्ण भगवानको मुर्ती स्थापना गरेको उल्लेख रहेको छ । यसै गरी राजा यक्ष मल्लको राज्य विस्तारको समयमा ने.स. ५७४ लेखिएको पाउंछौ ।

त्यसमा नेपाल सम्वत ५८० मा स्थापना गरेको भन्ने उल्लेख छ । त्यसै गरी हरेक इन्द्रजात्राको बेलामा प्रदर्शन गरिने मूर्तिमा पनि नेपाल सम्वत्् ५८० लेखिएको पाइन्छ । भीनपा –२ स्थित तलेजु मन्दिर स्थित २ वटा बौद्ध चैत्य मन्दिरहरु रहेका छन् ति मध्ये एउटा चैत्य संगै उक्लने सिढीमा सुताएर राखेको ढुंगामा नेपाल सम्वत ६२२ उल्लेख गरेको पाईन्छ । यसै गरी दोलखा शहरको पूर्व उत्तर पट्टि अर्थात भीनपा –३ स्थित प्रख्यात भीमसेन मन्दिर अवस्थित रहेको छ ।

यस मन्दिरको उत्तर पट्टिको गिर्दामा केही मुर्तीहरु छन् यी मध्ये माझमा उमामहेश्वरको मुर्ति रहेको छ यस मुर्ती श्री उजोतदेदव ठाकुरकी पत्नी श्रीमा रुपमाले चर्तुदशी ब्रत पुरा गरेको उपलक्ष्यमा नेपाल सम्वत ६४० स्थापना गरेको उल्लेख गरिएको छ भने संगै अर्को गोपिनारायणको मुर्ती रहको छ यसमा नेपाल सम्वत ६४४ उल्लेख गरिएको छ । यसै गरी जिवसिंह भारोले आफ्नो पुत्र र पत्नीको नाउँमा नेपाल सम्वत््् ६४४ मा भीनपा –२ तीनधारा (राइती) स्थित गोपिनारायणको मन्दिर स्थापना गरेको पाइन्छ ।

राजा इन्द्रसिंह देव ६५५ मा राजा भएको बेला दुंगल, कोर्छे बहारमा सुनको आकास भैरब बनाई इन्द्र जात्रामा प्रदर्शन गर्न प्रारम्भ गरेको पाइन्छ । यसै गरी भीमसेनको भण्डारमा केही गदाहरु राखिएका छन् । ति मध्ये श्री श्री जयजितादेवको शासनकालमा नेपाल सम्वत ६८९ मा चढाएको गदाहरु पनि रहेको पाइएको छ ।

यसै गरी महेश्वरदासले चढाएको ताम्रपत्रमा पनि नेपाल सम्वत्् ७०४ उल्लेख गरिएको पाइन्छ । भीमसेन मन्दिरको दक्षिण पट्टि केही घण्टाहरु छन् ति मध्ये एउटा घण्टामा नेपाल सम्वत ८७१ उल्लेख गरिएको छ भने अर्को घण्टा नेपाल सम्वत ९५१ उल्लेख गरिएको छ । यसरी दोलखाका अधिकांश पुराना मठ–मन्दिरमा अवस्थित पुरा कला कौशल, शिलाका मुर्तिहरुमा नेपाल सम्वतको बढी प्रयोग भएको पाईन्छ । यी बिभिन्न प्रमाणहरुको कारणले गर्दा नेपाल सम्वत् र दोलखाको गाढा सम्वन्ध रहेको पुष्टि हुन्छ ।

अन्तमा नेपाल सम्वत् नेवारहरुको मात्र सम्वत् होईन यो ईतिहासले देखाएको छ । त्यसैले गैर नेवार समूदायहरुमा जुन भ्रम सिर्जना भएको छ । त्यसलाई अध्ययनको खाँचो रहेको महशुष गरिएको छ । त्यसैले ढुक्कले नेपाल सम्वत्लाई हामी सम्पूर्ण नेपाली जनताले हर्सोउत्लासले मानेर जानुको विकल्प अर्को छैन । यो नेपालको मौलिक सम्वत् हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!