Search

टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराए

टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराए

१४ कात्तिक, बाँपीझ्याला, काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा इंग्ल्याण्डले अष्ट्रेलियालाई आठ विकेटले हराएको छ । गएराति अष्ट्रेलियालाई हराएको इंग्ल्याण्डको यो लगातार तेस्रो जित हो । अष्ट्रेलियाले दिएको १२६ रनको लक्ष्य इंग्ल्याण्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

इंग्ल्याण्डको जितमा जोस बटलरले अविजित ७१ रन योगदान गरे । जासन रोय २२ रन बनाएर आउट हुँदा जोनी बेयरस्टो १६ रनमा अविजित रहे ।

अष्ट्रेलियाका अष्टन अगर र अडन जाम्पाले १–१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित २० ओभरमा अलआउट हुँदै १२५ रन बनाएको थियो । अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ४४ रन बनाए ।

तीन विकेट लिंदा १७ रन खर्चिएका इंग्ल्याण्डका क्रिस जोर्डन प्लेयर अफ द म्याच भए ।

तीन खेल खेलेको इंग्ल्याण्ड तीनै खेलमा जित निकाल्ल्दै ६ अंकका साथ समूह एकको शीर्ष स्थानमा छ । तीन खेल नै खेलेको अष्ट्रेलिया २ खेल जित्दै ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।

तीनमा दुई खेल नै जितेको दक्षिण अफ्रिकाको पनि ४ अंक भए पनि रनरेटका आधारमा दोस्रो स्थानमा रहेको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!