Search

नेकपा माओवादी भीमेश्वर-काठमाडौ सम्पर्क समन्वय समिति

नेकपा माओवादी भीमेश्वर-काठमाडौ सम्पर्क समन्वय समिति

बालकृष्ण श्रेष्ठ “पासा”
१३ कार्तिक, बाँपीझ्याला, काठमाण्डौं ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा नेकपा माओवादी भीमेश्वर–काठमाडौं सम्पर्क समन्वय समितिले आज भीमेश्वर नगरवासीहरु बिच भेला, प्रशिक्षण तथा दशै, शुभ–दीपावली, नेपाल सम्वत् र छठको अवसरमा चियापान तथा शुभकामना आदान प्रदान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको छ । यसै गरी उक्त कार्यक्रममा भीमेश्वर–काठमाडौं सम्पर्क मञ्चको नयाँ कार्यसमिति चयन गरिएको छ ।

नेकपा माओवादीका केन्द्रीय सदस्य, नेपाल उद्योग वाणिज्यका ईन्चाज गंगा कार्कीको प्रमुख आथित्य र केन्द्रीय सदस्य, कानून बिभागका ईञ्चार्ज एवं पूर्व महान्याधिवक्ता मुक्ती नारायण प्रधानको विशेष आतिथ्यमा त्यसैगरी सभासद माननीय हेम बहादुर श्रेष्ठ, काठमाडौं जिल्ला सदस्य उपेन्द्र प्रधान, अनेमसं सदस्य कल्पना श्रेष्ठ समेत गरि सोम बहादुर तामाङ, रामचन्द्र कार्कीको उपस्थिती रहेको थियो ।

शुभकामना मन्तव्यको क्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, उद्योग बाणीज्य बिभाग ईञ्चार्ज गंगा कार्कीले नव गठन हुन लागेको भीमेश्वर–काठमाडौं सम्पर्क समन्वय समितिका कार्यसमितिलाई अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै माओवादी केन्द्रले देशमा ल्याएको परिवर्तनलाई सकारात्मक नजरले हेरेर अझै सशक्त बनाउनु पर्नेमा जोड दिनु पर्ने बताउनु भयो । यसै गरी अहिले जे जति सामाजिक, आर्थिक र राजनैतिक परिवर्तन भएको छ, त्यसको मूल आधार नै माओवादी केन्द्र नै हो भनेर ठोकुवा गर्नुभयो ।

त्यसैगरी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, कानून बिभाग ईञ्चार्ज मुक्ति नारायण प्रधानले दोलखाको भीमेश्वर नगरपालिकाको ९ वटै वडाबाट आएका कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुँदै भन्नुभयो, “हाम्रो दोलखाको भीमेश्वर नगरपालिका भित्र माओवादी नै छैनन् कि भन्ने जुन भ्रम छर्दै हिड्र्दै गएकाहरुको कुरालाई त्यो झूटो रहेछ भन्ने आज प्रमाणित भयो । हामीले अन्य राजनीतिक पार्टीले के गर्यो के गरेन भनेर सोधखोज गर्नुभन्दा पनि हामीले के गर्दा आम जनमानसमा सकारात्मक प्रभाव पर्छ । कुन अवस्थामा ती जनमानसले माओवादीको प्रशंसा गर्नेछ भन्ने तिर अग्रसरता देखाउन जरुरी रहेको बताउनु भयो ।

हामी जब जतिबेला चुनाव आउँछ, त्यतिबेला मात्रै तात्तेर हुँदैन, अघिपछि पनि जनताको घरदैलोमा आर्थिक श्रोतले सहयोग गर्न नसकेपनि मौखिक रूपमा अवस्थाको जानकारी लिएर आवश्यकता अनुसार टोल, गाउँ, नगर, जिल्ला, प्रदेशमा पुगेर जनताको जरुरत पूरा गर्न सक्षम हुनुपर्छ । म अध्यक्ष, उ उपाध्यक्ष, त्यो सचीवले गरिहाल्छ नि भनेर हामी अगाडि नबढीकन मौन बसिरह्यौं भने हामी कहिल्यै माथि उक्लिन सक्नेछैनौं‘ । नातागोता साथीहरू भनेर अन्यायमा परेकालाई उकास्ने, नियाल्ने तर अरूलाई चाहिँ वास्तै नगर्ने आचरणलाई त्यागेर सामाजिक रूपमा सबैलाई समृद्ध बनाउन हामीले पछाडि हट्नुहुन्न ।

माओवादी पार्टी कस्तो हो के हो भनेर व्याख्या गरिरहनु जरुरी छैन । तर बुझेर पनि बुझ्पचाएर कार्य क्षेत्रमा उत्रन नचाहने र अभिरुचि नराख्ने बानीले हामी पछाडि परेका छौँ र यो किन त भन्दा हाम्रो पार्टीसँग आर्थिक श्रोत छैन, जहाँ श्रोत छ त्यसको मुख्य ढोकाको ताल्चा अर्कोतिर छ, जसको कारणले गर्दा हामीले चाहेको जस्तो जनता माझ गएर सेवामूलक काम देखाउन सकिरहेका छैनौं । यो अवस्थामा हामीले जुनसुकै पार्टीको सरकार भएपनि सामाजिक विकास र आर्थिक विकासका लागि सम्बन्धित निकायलाई घच्घच्याउन जरुरी छ ।

यहाँ त हामीले जनताको सेवा गर्नेछौं भनेर यो पार्टीमा लागेका हौं नि, खाली सडकमा उफ्रेर मात्रै होइन कि आम नागरिकको हितको लागि सुझबुझका साथ अगाडि बढ्नुपर्ने हुन्छ । हामीले यतिबेला सैद्धान्तिक बाटोको साथै देशको लागि आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यस्तै तरिकाले हरेकले हरेकको लागि अगाडि बढ्ने प्रण गरौं ।

यसै गरी माओवादी केन्द्रले भेला गर्नुको मुल उद्देश्यबारे प्रकाश पार्दै सोम बहादुर तामाङ, रामचन्द्र कार्की र उपेन्द्र प्रधानले मन्तव्य दिनुभएको थियोे । त्यसपछि भीमेश्वर नगर समन्वय समितिमा केशव सुवेदीको अध्यक्षतामा २९ सदस्यीय भीमेश्वर–काठमाण्डौं समन्वय कार्यसमिति गठन गरिएको छ ।
अध्यक्ष : केशव सुवेदी,
उपाध्यक्ष : रविन्द्र नारायण श्रेष्ठ,
उपाध्यक्ष : हरिशरण गौतम,
सचिव : अष्ट कुमार केसी
कोषाध्यक्ष : रमेश श्रेष्ठ,

सदस्यहरू :
माधव गौतम
प्रभा शाही,
अनुप श्रेष्ठ,
विजय प्रधान
रामशरण श्रेष्ठ,
कुमार श्रेष्ठ,
मनोज श्रेष्ठ
विपिन बस्नेत,
लक्ष्मण चौंलागाईँ
अरुण कुमार केसी
पुरुषोत्तम केसी
रमृश न्यौपाने
यज्ञ बहादुर कार्की
युवराज कार्की
मिनु बस्नेत
कुमार फुयाल
होमबहादुर श्रेष्ठ
देवबहादुर श्रेष्ठ
रामकृष्ण थामी
विकास केसी
राजेश लामा
लाक्पा लामा

दोलखाको चाडपर्ब तथा जात्राहरु

Written by 

Related posts

Leave a Comment