बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, काठमाण्डौं । नेशनल नमोबुद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय बसुन्धारा काठमाण्डौ अन्तर्गतको सहकारी शिक्षा उपसमिति बसुन्धारा सेवा केन्द्रले काठमाडौं महानगर पालिकाको चक्रपथमा अवस्थित रोयल दर्बार भेन्यूमा सदस्य जागरण तथा जलपान कार्यक्रमको आयोजना गरेको छ ।
वसुन्धारा सेवा केन्द्र व्यवस्थापन उप समितिकी संयोजक पुष्पलता शाक्यको सभापतीत्वमा संचालन भएको उक्त कार्यक्रमको प्रमुख आतिथ्य काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले गर्नु भएको थियो । उपस्थित महानुभावहरु तथा शुभचिन्तकहरुलाई वसुन्धारा सेवा केन्द्रका संचालिका अधिकृत देवी राईले स्वागत भाषण गर्नुभएको थियो ।
यसै गरी कार्यक्रमबारे प्रकाश पार्नुहुँदै काठमाडौं जिल्ला सहकारी संघका अध्यक्ष ज्ञान बहादुर तामाङले सम्पूर्ण शेयर सदस्य तथा साधारण सदस्यहरूलाई ू सहकारीमा सहकार्य गरेर अघि बढ्ने हो, मेरो शेयर छ, वार्षिकोत्सव मनाउँदा बोलाई हाल्छ, अघिपछि के काम र ? भन्ने सोचलाई त्यागेर सहकारीको गतिविधि सहकारीको सञ्चालनमा के कस्तो भैरहेको छ भन्नेकुराको जानकारी लिन आवतजावत गरिरहने प्रवृत्तिलाई अगाडि बढाउनु जरुरी छ भनी भन्नु हुर्दै सबै काम सहकारी सञ्चालन गर्ने कार्यालयले नै जानेका हुन्छन् हामीले जान्दैनौं, हामीलाई थाहा छैन भनेर बस्न नहुने बताउनु भयो ।
कुनैपनि काम जन्मजात जानेर कोही पनि आएका हुँदैनन्, म एक आदिवासी जनजाति तामाङको छोरो मैले पनि यी कामहरू शुरू देखि नै जानेको त कहाँ हो र ? शुरूमा कुनै कार्यक्रममा केही बोल्न जाँदा लेखेर दिएको पढ्न पनि लुगलुग काम्थें, कतै गल्ति पो भनियो कि भनेर डर लाग्थ्यो, तर आफ्नो कदमलाई नडगमगाईकन निरन्तर लागिरहें र त यो ठाउँमा पुगेको छु ।
कसैले आफू प्रति केही नराम्रो सोच राखेर प्रतिकृया दिन्छन् र गर्छन् भने उनीहरूसंग प्रतिकारात्मक सोच राख्ने होइन कि आफू कुन स्तरमा छु ? आफूमा के कमजोरी छ भनेर हामीले आफूभित्रै ती कुराहरू खोतल्ने प्रयास गर्नुपर्छ, अनि आफूलाई सुधार्दै सत्यमार्गमा निस्केपछि ती व्यक्तिहरू स्वतः पछि लाग्नेछन् र उल्टै मैले गलत सोचेछु भनेर पश्चताप मान्नेछन् ।
त्यसैले हाम्रो सहकारी हिजो ५ लाख बजेटबाट शुरू भएको थियो आज करीब १अरब ४३ करोडको कारोबार गर्न सक्षम भएका छौं, कसरी त भन्दाखेरि आम सदस्य महानूभावहरूको विश्वासिलो सहकार्यको कारणले हो, फेरि भन्नुहोला । यति धेरै रकम रहेछ, अब त पैसा फस्ने चिन्तै छैन, बरु बोनस टन्नै आउनेभो भनेर मख्ख नपर्नु नि।।। यो रकम तपाईं हामी सबैको साझा सम्पत्ति हो, यसलाई भकारीमा थन्क्याएर मात्रै बिरुवा फस्टाउने होइन, त्यसलाई कुन ठाउँमा कसरी रोप्ने भन्ने गहन अध्ययनको लागि हामी सबै सहकार्यता अपरिहार्य छ ।
त्यसैले यसमा तपाईंहरूले आफूभित्र ुमु के हुँ र ुमु को हुँ भनेर खोज्नु अनि समुहमा पुगेर ुहामीु भन्न सिक्नुपर्छ अनिमात्र हामी बीचको सहकार्य सबल र सफल हुनेछ । भन्नुहुँदै आफ्नो मन्तव्य राख्नुभयो ।
यस कार्यक्रममा सचिव तथा प्रबन्ध सञ्चालक राकुमार लामाले नेशनल नमोबुद्धको स्थापना कालदेखिको वर्तमान सम्म भएको लेखा विवरण संक्षिप्तमा सुनाउनु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई जलपान गराएर सम्पन्न गरिएको थियो ।