अजय प्रधान,
बाँपीझ्याला, दोलखा । नव जनउत्थान बचत तथा ऋण सहकारी संस्थाले एकिकरण पछिको प्रथम साधारण सभा सम्पन्न गरेको छ । एकिकृत तदर्थ समितिका संयोजक तेन्जिङ शेर्पाको अध्यक्षता तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारि संघ लिमिटेको सन्चालक सदस्य एवं प्रदेश बचत तथा ऋण सहकारी संघका महासचिव जिवस राज खड्काको प्रमुख आतिथ्यता र जिल्ला बचत संघका उपाध्यक्ष एवं जनजागरण साकोसका अध्यक्षको विशेष आतिथ्यतामा भएको कार्यक्रममा साबिकका संस्थाहरु जन उत्थान साकोस, नव ज्योति साकोस र बैशाखेश्वर साकोस बिच एकिकरण गर्नका लागि तदर्थ समितिलाई जिम्मा दिइएको थियो ।
सोहि अनुसार २०७७ चैत ३ गते भूमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय बागमति प्रदेश हेटौंडामा नव जनउत्थान बचत था ऋण सहकारि संस्था लिमीटेड बैतेश्वर ३, खावाको नाममा दर्ता भएको थियो ।
साधारण सभामा एकिकृत तदर्थ समितिका संयोजक श्री तेन्जिङ शेर्पाले सहकारीको सम्पुरर्ण बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने लेखा सुपरिवेक्षणको प्रतिवेदन लेखा संयोजक शेषनारायण दहालले प्रस्तुत गर्नु भएको थियो ।
संयोजक शेर्पाले प्रस्तुत बार्षिक प्रतिवेदन अनुसार एकिकरण साबिक साकोसहरु जनउत्थान साकोस, नव ज्योति साकोस र बैशाखेश्वर साकोसका जम्मा सहकारीको शेयर सदस्य अहिले २ हजार २ सय ५५ जना शेयर सदस्य र १ हजार ५४ बाल बचतकर्ता र १० ओटा संघसंस्था गरि जम्मा ३ हजार ४ सय १० सदस्य पुगिसकेका छन् । जसमा बाकि सदस्यहरु निष्किर्य रहेका छन ।
आर्थिक प्रतिवेदन अनुसार यस साकोसको जम्मा शेयर पूँजि १ करोड २० लाख १९ हजार ७ सय बचत निक्षेप १० करोड ७७ लाख ३ हजार २ सय ५९ यस्तै अन्य कोषहरुगरि जम्मा यस साकोसको कुल पूँजी १४ करोड ४६ लाख १६ हजार १ सय ३९ रहेको छ ।
सहकारीले एकिकृत प्रथम साधारण सभाको अबसरमा उत्कृष्ट बचतकर्ता, उत्कृष्ट ऋणि, उत्कृष्ट तरकारि तथा पशु व्यवसायी, उत्कृष्ट जेष्ठ नागरिक, विद्यार्थिलगायत उत्कृष्ट कर्मचारिलाई सम्मान गरेको छ।
एकिकृत प्रथम वार्षिक साधारण सभाको अवसरमा यस साकोसलाई प्रमुख अतिथि खड्का र विशेष अतिथि दहाल लगायत अन्य अतिथिहरुले पनि शुभकामना मन्तव्य राख्नु भयको थियो । साथै सभापति तेन्जिङ शेर्पाले यस एकिकृत प्रथम वार्षिक साधारण सभा सव्य र भव्य बनाउन सहयोग गर्नुहुने सम्पुर्ण उपस्थित शेयर सदस्य तथा निमन्त्रणा स्विकार गरि पाल्नु भएका सम्पुर्ण प्रमुख अतिथि, विशेष अतिथि, अन्य अतिथिहरुलाई धन्यवाद दिँदै सभा समापन गर्नुभएको थियो ।
नव जनउत्थान बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर ३ खावा दोलखाको नयाँ सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा नयाँ नेतृत्व चयन भएको छ । तेञ्जिङ शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सञ्चालक समिति जसमा उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष मा ङिमा दोर्जे शेर्पा, केदार दहाल, कर्ण दोर्जे शेर्पा र सिताराम दहालको नेतृत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति गठन भएको छ जसमा राम्जि दहाल र लुकदोर्जे शेर्पा रहनु भएको छ भनी कालिञ्चोक अनलाईनमा जनाईएको छ।