बाँपीझ्याला, काठमााण्डौ । बाढीपहिरोका कारण हालसम्म मृत्यु हुनेको संख्या एक सय चार पुगेको छ। बेपत्ता हुनेको संख्या ३६ जनाभन्दा धेरै रहेको गृह मन्त्रालयले जनाएको छ । उनीहरूको खोजीकार्य जारी छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली बाढीपहिरोमा पुरिएका र बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यमा खटिएको छ।
शुक्रबार बिहानसम्मको अपडेटअनुसार बेपत्ता भएका केहीको शव भेटिएको गृहका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उनका अनुसार बाँकीको खोजीकार्य जारी छ। चार दिनदेखि परेको अविरल वर्षाले निम्त्याएको बाढीपहिरोका कारण सुदूरपश्चिमदेखि पूर्वसम्मका १७ भन्दा बढी जिल्लामा मानवीय तथा भौतिक क्षति पुगेको छ।
कैलाली, कालिकोट, उदयपुर, डडेल्धुरा, मोरङ, भोजपुर, कपिलवस्तु, प्युठान, सोलुखुम्बु, कालिकोट, डोटी, बझाङ, धनकुटा, बैतडी, हुम्ला, सुर्खेत, पाँचथर, इलाम, झापालगायत जिल्लामा बाढीपहिरोले क्षति पुर्याएको छ।