Search

लघुकथाः काग

लघुकथाः काग


छायादत्त न्यौपाने

परपर बादल मडारिँदै थियो । रविनको घरतिर भने मन्द घाम लागेको थियो । बिहानको झुल्केघामसँगसँगै दसैंको रहलपहल खानेकुराका पोका बोकेर घरको छतमा गए बा सनत र छोरा रविन ।

बाछोरा दुवैले पन्छीले खाऊन् भनेर खानेकुरा वरिपरि छरे तर पन्छी आएनन् । –खै त बाबा चरासरा केही आको ? रविनले प्रश्न गरे । पख न आउँछन् भनेर आ–आ भन्दै सनतले खानेकुरा पर पर छरे । नभन्दै एउटा काग आएर छेउमा बस्यो । त्यसले का–का–का ग¥यो । एकैछिनमा अरू धेरै कागहरू जम्मा भए ।

कागहरूले खानेकुरा खाने थाले । पहिले आएको काग अझै बोलाउँदै थियोे । कागको यो उदारता देखेर रविनले भने –असल प्राणी भनिने मान्छेले अरूको भाग खोसी खोसी खान्छ, लुटेर, ठगेर, चोरेर के के सक्छ त्यही गर्छ एक्लै खान्छ तर छुचो नराम्रो भनेर हेपिएको कागले त कमजोर साथीहरूलाई बिच बिचको खानेकुरा छोडिदिएर बलियाले पर पर छरिएको बटुल्दै छन्।

फेरि एक्लै नखाएर साथीहरूलाई बोलाई बोलाई मिलेर खाए, खुवाए । यो त पटक्कै स्वार्थ नभएको प्राणी रहेछ हगि बाबा ! अनि नि बाबा ! कागको यो असल गुण मान्छेले पनि सिक्नुपर्ने होइन र ?
२०७८/०७/०३ काठमाडौं

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!