बाँपीझ्याला, काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जना कोभिड संक्रमित थपिएका छन् । ९ हजार ९ सय १६ वटा नमुनाको परीक्षण गर्दा १ हजार ९६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो समेत नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ३ सय ५ पुगेको छ ।
त्यस्तै आज १ हजार ४ जना संक्रमणमुक्त भएका छन् । यो समेत नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।