Search

जिरी नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि

जिरी नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि

बाँपीझ्याला, दोलखा । दोलखामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको ९ वटै स्थानीय तहमा १३ जनाको एन्टिजिन परिक्षण गरिएकामा जिरी नगरपालिकाका एक महिला र एक पुरुषमा संक्रमण पुष्टि भएको हो । आज २ जनामा कोरोना पुष्टि भएसंगै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या २३ पुगेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

यस्तै आज ३६ जना संक्रमित संक्रमण मुक्त भएका छन् । आज जिरी नगरपालिकाबाट एक पुरुष ८ महिला, भीमेश्वर नगरपालिकाबाट १६ पुरुष ४ महिला, बैतेश्वर गाउँपालिकाबाट २ महिला, गौरीशंकर गाउँपालिकाबाट एक पुरुष र विगु गाउँपाकिलाबाट एक पुरुष र ३ महिला निको भएका हुन् । चरिकोट अस्पतालमा रहेको एचडियुमा २ जना छन् भने कोरोना संक्रमण पुष्टि भएका २१ जना होम आईसोलेशनमा रहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!