Search

लघुकथा : दसैं हैन दशा

लघुकथा : दसैं हैन दशा


हरि श्रेष्ठ , भीनपा–२ दोलखा

यसपालिको दसैं पारिवारिक जमघट गरि धुमधामसित मनाउने विचार लिएर आ–आफ्नो घरमा जाने निर्णय गरियो।
कोरोनाको कहरले पारिवारिक जमघट गरि राम्रोसँग दसैं मनाउन नपाएको पनि झन्डै दुई बर्ष पुगनपुग हुन लागेको थियोे ।
दैवको खेल हो या चालकको लापरबाही। हाम्रो परिवारसित जमघट गरि दसैं मनाउने सपना छताछुल्ल भयो।

कोरोनाको महामारीबाट कसैलाई केही नहोस् भनी भाकल गरि दसैं मान्न हिँडेका हामीलाई ठाउँको ठाउँमै झ्याप बनाई दियौ। कसैलाई हताहत बनाई दियौ।

उतातिर घर परिवारका सदस्यहरु रमाउदै थिए।
पारिवारिक भेला भै खुशीसित दसैं मनाउन पाईने भयो भनेर । तर ती सबै खुशीहरु तिमीले खोसेर लग्यौ ।

हे दैब ,तिमीले यसरी नै हाम्रो खुशी खोसेर लानु थियोे त सबैको घर घरमै पुर्याएर खोसेर लगेको भए हुन्थ्यो । किन यसो गरेनौरु
खुशी बाँड्न हिँडेका हामीलाई ,किन वल्लो घाट न पल्लो तीरको बनाई दियौ।

हामीले के बिराएका थियौं र१ यसरी टपक्क टिपेर लग्यौ। हाम्रो सपनालाई किन चक्नाचुर बनाई दियौ।
महामारीबाट बचेर हिँडेका हामीलाई किन

बिरानो ठाउँमा ल्याएर घोप्ट्याई दियौ। किन यस्तो खेल खेल्यौ ? तिमीले किन पुर्व संकेत दिएनौ ?
२०७८/६/२९

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment