Search

कुछी भोस् (भ्वय) खाएर आज महाअष्टमी मनाउँदै नेवार समुदाय

कुछी भोस् (भ्वय) खाएर आज महाअष्टमी मनाउँदै नेवार समुदाय

बाँपीझ्याला, काठमाण्डौं । कुछी भोस् (भ्वय) खाएर आज महाअष्टमी मनाउँदै नेवार समुदाय बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भोस् (भ्वय) खाएर महाअष्टमी पर्व मनाउँदै छन्। नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो। महाअष्टमीको दिन विशेष गरेर केराको पातमा भोज खाने चलन छ। नेवार समुदायमा कुछी भ्वयको विशेष महत्व रहेको छ।

कुछी भ्वय खान तरकारीका परिकारमात्रै १२ थरी चाहिन्छ भने छोयला पनि १२ टुक्रा राखिन्छ। केराको पातमा दुई माना चिउराका साथै साग, आलु, छोयला, हिकासा (रक्ती), बारा, अण्डा, माछा, फर्सी, ख्यपी च्यपी (काँचो फर्सीका स–साना दुई थरी चाना), अदुवा, बोडी, केराउ, मस्याङ, घिरौला, भटमास लगायतका परिकार राखेर कुछी भ्वय खाने गरिन्छ।

नेवार समुदायमा जुठो परे पनि कुछी भ्वय् खानुपर्ने मान्यता रहेको छ। जुठो परेको घरमा मासु खान नहुने भएकाले मासुको सट्टा अदुवा राख्ने र मासको बाराको सट्टा केराउको बारा राख्ने प्रचलन रहेको छ। रासस

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!