Search

बलिउड बरिष्ठ नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाउँर्दै, पान मसलाको बिज्ञापनमा काम नगर्ने घोषणा

बलिउड बरिष्ठ नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाउँर्दै, पान मसलाको बिज्ञापनमा काम नगर्ने घोषणा

बाँपीझ्याला, काठमाण्डौं । बलिउडका सर्वाधिक सफल नायक अमिताभ बच्चन आज आफ्नो ७९ औं जन्मदिन मनाइरहेका छन् । ७९ बर्षको उमेरमा पनि अमिताभ बलिउडका सर्वाधिक सफल र व्यस्त नायक हुन् । आज पनि उनको हातमा चलचित्रको कुनै अभाव छैन ।

उनै, अमिताभले जन्मदिनको अवसर पारेर एक पान मसलाको विज्ञापन नगर्ने घोषणा गरेका छन् । उनले, एक पान मसलासँगको संझौता सकिएको जानकारी दिएका छन् ।

पान मसलाको विज्ञापन सार्वजनिक भएको केही हप्तापछि अमिताभले ब्रान्डसँग सम्पर्क गरेका थिए । उनले, गत साता नै यो यो ब्रान्डसँगको संझौता अगाडि नबढाउने फैसला लिएका थिए । जब अमिताभ यो ब्रान्डसँग जोडिएका थिए त्यतिबेला उनलाई यो विज्ञापन सरोगेट अन्र्तगत पर्छ भन्ने थाहा थिएन । अमिताभले ब्रान्डसँगको संझौता खारेज गर्दै प्रमोशन शुल्क समेत फिर्ता दिएका छन् ।

जब, यो विज्ञापन सार्वजनिक भएको थियो त्यसपछि अमिताभको सामाजिक संजालमा खुबै ट्रोल पनि भएको थियो । अमिताभलाई यस्ता विज्ञापनमा काम गर्न किन पर्यो भनेर धेरै सामाजिक संजाल प्रयोगकर्ताले प्रश्न पनि गरेका थिए ।

जसको जवाफ दिदै अमिताभले भनेका थिए–‘म माफी चाहन्छु । तर, यदि कसैको व्यवसायमा सहयोग पुग्छ भने त्योसँग किन जोडिन्छ भनेर सोच्नु हुँदैन । यदि व्यवसाय हो भने हामीले पनि आफ्नो व्यवसायको बारेमा सोच्नु पर्दछ । तपाइलाई मैले किन यो विज्ञापनमा काम गरे भन्ने लागेको होला । यो विज्ञापनमा काम गर्दा मलाई पैसा मिल्छ । हाम्रो उद्योगमा जो लाखौं मानिसहरु काम गर्छन्, उनीहरुलाई पनि रोजागर मिल्छ ।’

अमिताभ पान मसलाको विज्ञापनमा देखिएपछि एक एनजीओ कम्पनीले उनलाई पत्र लेखेर यो ब्रान्डलाई प्रमोशन नगर्न आग्रह गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!