अजय प्रधान,
बाँपीझ्याला, दोलखा । कालिञ्चोक गाउँपालीका वडा नं. ५ को आयोजनामा गत बर्षहरुमा झै यस बर्ष पनी यही असोज २५ गते देखि २८ गतेसम्म कलिन्चोक गाउँपालीकामा अन्तर वडास्तरीय फुटबल प्रतियोगीता हुन गईरहेको छ ।
कालिञ्चोक गाउँपालीकाले यही १४ गते सूचना प्रकाशित गरी सम्वन्धीत वडाहरुलाई असोज २५ गते बिहान १० बजेसम्ममा आ–आफ्नो वडाको तर्फबाट सहभागीहरुको नाम दर्ता गराउन आब्हान गरिएको छ ।
यसै गरी खेल फिफाको नियम अनुसार संचालन गरिने र खेलाडीको नाम दर्ता गराउन परिचय पत्र अनिबार्य भएको समेत उल्लेख गरिएको छ । खेल गाउँपालीका वडा नं. ५ चितुवागह चौर स्थित खेल मैदानमा संचालन हुने पनी जनाईएको छ ।
असोज २५ गते बिहान १० बजे उद्घाटन पश्चात तिन दिन सम्म खेलाईने उक्त फुटबल खेलमा सहभागी भई पहिला, दोश्रा र तेश्रा हुने टिमलाई रु. २० हजार, रु. १५ हजार र रु. १० हजार नगद रासी सहीत शिल्ड मेडल र प्रमाण पत्र दिने घोषणा समेत गरेको छ । यसै गरी उत्कृष्ट खेलाडी, उत्कृष्ठ किपर र उत्कृष्ठ डिफेण्डरलाई मेडल र प्रमाणपत्रले सम्मान गरिने भएको छ ।
नाम दर्ता गर्नको लागि प्रति समूहलाई दर्ता शुल्क रु २ हजार लिईने र हरेक समूहमा १०÷१० जना खेलाडी हुनु पर्ने र ३÷ ३ जना एकस्ट्रा खेलाडी हुनु पर्ने समेत उल्लेख गरिएको छ ।