Search

पछिल्लो चौविस घण्टामा थप ५७४ जना सङ्क्रमित, एक हजार ४०५ जना निको, सातको मृत्यु

पछिल्लो चौविस घण्टामा थप ५७४ जना सङ्क्रमित, एक हजार ४०५ जना निको, सातको मृत्यु

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा ५७४ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । सात हजार ७० वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ५७४ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै, दुई हजार ६७९ वटा एन्टीजेन परीक्षण गर्दा १०५जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९६।४ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा एक हजार ४०५ जना कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैगरी, पछिल्लो २४ घण्टामा सात जना सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म ११ हजार १६४ जना सङ्क्रमितले ज्यान गुमाएका छन् । सक्रिय सङ्क्रमित हुने १६ हजार ८०४ जना छन् ।

पछिल्लो २४ घण्टामा २६ हजार ४१९ जनाले कोरोना भाइरसविरूद्धको खोप लगाएका छन्

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!