Search

सत्तारुढ गठबन्धनकाे बैठक बस्दै

सत्तारुढ गठबन्धनकाे बैठक बस्दै

बाँपीझ्याला, काठमाण्डौं । सत्तारुढ गठबन्धनका पाँच राजनीतिक दलको बैठक आज बस्दै छ । बुधबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुने छ । यसअघि मंगलबार बसेको गठबन्धन दलको बैठकले आ–आफ्ना पार्टीमा छलफल गरेर मन्त्रीको नाम पठाउने सहमति भएको थियो ।

सोही अनुसार मन्त्रीको नाम टुङ्गो लगाउन नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा बसिरहेको छ । त्यस्तै नेपाली काँग्रेसको पादाधिकारी बैठक पनि सिंहदरबारमा बस्दै छ भने नेकपा एकीकृत समाजवादीको केन्द्रीय समिति बैठक पनि जारी छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment