Search

दोलखा भीमेश्वर मन्दिरमा सर्वसाधारण नागरिक र भक्तजनहरुको घुईचो, दोलखा सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरुको मन्दिर सरसफाईमा सहभागी

दोलखा भीमेश्वर मन्दिरमा सर्वसाधारण नागरिक र भक्तजनहरुको घुईचो, दोलखा सशस्त्र प्रहरी लगायत सुरक्षा निकायहरुको मन्दिर सरसफाईमा सहभागी

२ असोज, बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहरमा अवस्थित साक्षात दोलखा भीमेश्वरको मन्दिर सर्वसाधारण र भक्तजनहरुको दर्शनको लागि भाद्र महिनाको २८ गतेदेखि खुल्ला गरिएको छ । कोभिड १९ को संक्रमणबाट भक्तजनहरुलाई बचाउनको लागि २०७७ मंसिर १९ गतेदेखि प्रवेशद्धार बन्द गरेर बाहिरबाट दर्शन गराउर्दै आएकोमा भाद्र २६ गते क्षमापूजा गरी अगाडीको च्यानल गेट खुल्ला गरी भाद्र २८ गतेदेखि खुल्ला गरिएको हो ।

भीमेश्वर मन्दिरको प्रवेशद्वार खुल्ला गरे लगतै दर्शन गर्ने दर्शानु भक्तजन र दोलखावासीहरुको भिड लागिएको भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत श्रेष्ठले बताउनु भयो ।

दर्शन गर्न आउने भक्तजन र दोलखावासीहरुको भिडलाई सुविधालाई ध्यानमा राखी सशस्त्र प्रहरी लगायतका दोलखा जिल्लाका सुरक्षा निकायका प्रतिधिनीहरुको सहभागीतामा सरसफाई अभियान संचालन सम्पन्न गरिएको छ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment