Search

सम्पादकियः विशेष आज असोज १, बाँपिझ्याला अनलाईन पत्रिका संचालनको एक बर्ष

सम्पादकियः विशेष आज असोज १, बाँपिझ्याला अनलाईन पत्रिका संचालनको एक बर्ष

वि.सं. २०५६ साल बैशाखदेखि पहिले खबरकागज हुँदा हुर्दै नेपाल म्यागाजिन को रुपमा जन्मेर सबैको हात हातमा पुगेको यो बाँपीझ्याला पत्रिका आज यहाँहरुकै माया ममता, स्नेह र श्रद्धाले गर्दा अनलाइन पत्रिकासम्म संचालन गर्न सफल भयौं । यसै गरी बामे सर्दासर्दै विविध कारणले लुक्दै निस्कँखै थन्किंदै कठिन संघर्षको चरण पार गरेर अहिलेको नयाँ प्रविधि इन्टरनेट संग हातेमालो गरेर नयाँ अध्यायको पहिलो वर्ष पार गरेर दोश्रो बर्षमा प्रवेश गरेका छौं ।

यसरी पहिलो बर्षलाई पार गर्न र दोश्रोबर्षमा टेक्नको लागि सल्लाह र सद्भावका साथ सहयोग गर्नु हुने आरदनिय महानुभावहरु पूर्व महान्याधिवक्ता एवं बरिष्ठ अधिवक्ता मुक्ती प्रधान, यस पत्रिकाको सल्लाहकार, समाजसेवी, महिला उद्यमी, नव गायिका सकुना श्रेष्ठ यसै गरी सल्लाहकार, समाजसेवी एवं बरिष्ठ ईन्जिनियर आत्माकृष्ण श्रेष्ठ, समाजसेवी द्वाल्खा गुठीका अध्यक्ष रुपा श्रेष्ठ, प्रतिनिधी सभा सांसद दिव्यमणी राजभण्डारी, समाजसेवी एवं निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल र स्थानिय निकायको तर्फबाट भीमेश्वर नगरपालीका उपमेयर कमला बस्नेत, वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ, यसै गरी बाँपीझ्याला कानूनी सल्लाहकार अधिवक्ता प्रभाकर श्रेष्ठ, व्यवस्थापकिय समूहमा आवद्ध बालकृष्ण श्रेष्ठ “पासा”, अजय प्रधान, अनिलचन्द्र श्रेष्ठ, सविना मानन्धर र दोलखाबाट विशेष सहयोग गर्नु हुने सल्लाहकार एंव समाजसेवी पुर्षार्थ श्रेष्ठ र समाजसेवी ज्ञानेन्द्र प्रधान र सस्कृतीप्रेमी भगवानदास श्रेष्ठ लगायत यस अनलाईन पत्रिकाको लागि आफ्नो बौद्धिकता अनुसार लेख रचनाहरु उपलब्ध गराएर विशेष सहयोग गर्नु हुने दोलखाली चेली मिसु श्रेष्ठ, कल्पना श्रेष्ठ महर्जन, व्यवस्थापन सहयोगी हरि श्रेष्ठ, वेभ साईट बनाउन आफ्नो दक्षता अनुभव अनुसार विशेष सहयोग गर्नु हुने पपकन मिडियाका प्रवन्धक निर्देशक राजेन्द्र तिवारी लगायत दोलखा शहर भित्रका आदरनिय सम्पूर्ण दाजुभाई, दिदिबहीनी अनी देश विदेशमा बस्नु हुने दोलखावासी र सम्पूर्ण शुभचिन्तक नेपाली दाजुभाई दिदिबहीनीहरुमा हार्दिक आभार व्यक्त गर्दै धन्यवाद दिन चाहन्छौं ।

यहाँहरुको माया ममताले यस अनलाईन पत्रिकाले दोलखा अनी दोलखा जिल्लाको माटो र बस्तुगत यर्थाथतालाई समेट्नलाई सवैको सहयोग र सद्भाव प्राप्त गर्न सवैको सहयोग प्राप्त होस् भनी दोलखा भिमेश्वर संग प्रार्थना गर्दछौं ।

यसैगरी बाँपीझ्याला मिडियाको आगामी यात्रा यहाँहरुको माया, ममताको साथमा अनलाईनलाई समाचारलाई निरन्तरता दिर्दै साथमा श्रव्यदृश्य समाचार सम्प्रेशन गरी यहाँहरु समक्ष प्रशारण गर्ने लक्ष्य लिएका छौं ।

दोलखाको माटोमा जन्मेर, त्यही बाटोमा कदम चालेर त्यहीँको पाटोलाई उर्वर भूमि बनाउने उद्देश्यले निरन्तर लागिपरेका नवयुवा–युवती लगायतका सबै मातृभूमि प्रेमीप्रति हाम्रो फेरी एकचोटी हार्दिक नमन छ । दोलखा जिल्लाभरि नै चाहेर पनि सडक र शहरमा पहिचान दिलाउन असमर्थ भएका सबै माननीय, आदरणीय र पूजनीय व्यक्तित्वहरुलाई हामीले यस बाँपिझ्याला अनलाइन पत्रिका मार्फत सरल रुपमा परिचित गराउने उद्देश्यले विभिन्न प्रतिभाशाली व्यक्तित्वहरुको कार्यशैली, कार्यनीति तथा कार्यविधिलाई उच्च मूल्यांकन गरेर उनीहरुको परिचय सहित केही संवादलाई दोलखाको नेवारी भाषा र नेपाली भाषा र अंग्रेजी भाषामा हामीले सम्प्रेषण गर्ने गरेका छौं ।

यो बाँपिझ्याला पत्रिकामार्फत सबैलाई सबैको यथार्थ कुरालाई हृदयङ्गम गरेर सिङ्गो दोलखाको भौगोलिक, मौलिक, ऐतिहासिक र सामाजिक विकासमा टेवा पुगोस् भन्नेबारे चरितार्थ गर्न खोजेका छौं । यस कार्यमा यहाँहरुका सक्रिय सहयोग र सद्भावको लागि आशा गर्दै विश्वास लिएर बसेका छौं ।

बार्षिक कार्य सम्पन्न गर्ने ईच्छा र आकांक्षा हुँदा हुँदै कोभिड १९ को संक्रमणको कारणले विश्व नै आक्रान्त भईरहेको बेलामा हामीले यहाँहरुलाई खुसी दिर्दै बार्षिक कार्यक्रम सम्पन्न गरि अगाडी बढ्न सकेनौं । तर यहाँको माझमा आगामी दिनमा समय र मौसमले साथ दिएको खण्डमा बार्षिक दिवश मनाउने प्रतिवद्धता पनी यसैबाट जाहेर गर्दछौं ।

हाम्रो प्रमुख काम भनेको नै दोलखामा बोलीचालीमा रहेको नेवारी भाषाको संरक्षण, बोलीचालीमा निरन्तरता यसै गरी संचालनमा नआएको संस्कृति, परम्परागत रीतिरिवाजलाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सहयोग गर्नु अर्को उद्देश्य रहेको छ ।

यसै गरी हामीले दोलखामा लुकिरहेका, लोप हुन लागेका र लोप भएर विलय भैसकेको जात्रा पर्वलाई पुनः सञ्चालन गर्न पहल गर्न सकियोस् भनेर जागरुक चेतना जगाउनु अर्को उद्देश्य लिएका छौं ।

तपाई हाम्रो यस अनलाइन पत्रिकाले कसैलाई आक्षेप लगाउने, कसैको प्रतिष्ठालाई आघात पु¥याउने गरेका छैनौं र गर्ने पनि छैनौं । बरु यहाँहरुको उचित राय, सकारात्मक सुझावलाई स्वागत गर्दछौं । कतै कुनै रीतिरिवाज, संस्कारका पाटाहरु कतै लुकेका छन् भने अप्ठ्यारो नमानीकन प्रेषित गर्नु भएमा अझै हामीले दोलखाको लागि ऐतिहासिक यात्रा गर्न सक्षम हुने थियौ ।

हामीले दोलखाको सिङ्गो धरातललाई समेट्न खोजेका छौं । मात्रै प्रसिद्ध भीमेश्वर भगवानको आँगनलाई र कालिन्चोक भगवतीको कुण्डलाई मात्रै प्रश्रय दिन खोजेका छैनौं । सिङ्गो दोलखा भनेर उच्चारण गरिसके पछि, स्थान विशेष नाम तोकिरहन जरुरी नहोला, यसमा जिल्ला भित्रका हरेक गाउँ बस्तीका कुराहरु समेटिएको छ । हरेक इतिहासका गाथाहरु लेखिएको छ र लेखिंदै जानेछौं, जिल्लाभरि नै लुकेर रहेका प्रतिभालाई उजागर गर्ने कोसिस गरिरहेका छौं । भाषागत रुपमा जिल्लाभरि रहेका भाषालाई समेटेर परिचय र पहिचान खुलाउन हदैसम्म प्रयासरत छौं ।

बाँपिझ्याला अनलाइन पत्रिकामा जुन कुरा लेखिन्छ त्यो सत्य लेखिन्छ, कतै अधुरो अपुरो भएमा सबैको सही र सत्य चिन्तन सहितको प्रतिकृयालाई हार्दिक स्वागत गर्दछौं ।
दोलखा जिल्लाभर रहनुभएका सबै दाता, ज्ञाता, महात्मा, गुरु, प्राचार्य, आचार्य लगायतका जनवर्गीय संगठन भित्र रहनुभएका जनजाति सहित सबैलाई आफ्नो विलक्षण प्रतिभा र प्रतिमालाई ऐना झैं छर्लङ्ग देखाउन चाहनुहुन्छ भने हामी हृदयदेखि स्वागत गर्दछौं ।

यस बाँपिझ्याला अनलाइन पत्रिका तपाईं हामी सबैको साझा पत्रिका हो । तपाईंहरुले विभिन्न मसलाहरु मिलाएर स्वादिष्ट व्यन्जनको रुपमा तैयार गरेर दिनुभएको अँचारलाई सबैको सामु पस्किदिने काममात्र हाम्रो हो भन्ने मनशाय राखिदिनु भयोभने पक्कै पनि हामीले हाम्रो पहिचान दिलाउन सक्षम हुनेछौं ।

केही गुनासा, टिप्पणीहरु छन् भने खुलेआम हामीकहाँ प्रेषित गर्नुहोस् । आफूले जानेका बुझेका कुराहरुलाई बाँडेर हामीलाई पनि सिक्ने अवसर दिनुहोस् ।

यो अनलाइन पत्रिका खुल्ला आकाश हो । जो कोहीले निःशुल्क पढ्न पाउँछ । चित्त नबुझेको खण्डमा खण्डन गरेर सही सुझाव दिन सक्नुहुन्छ । हाम्रो यो पत्रिकामा व्यक्ति विशेष, राजनीतिक पार्टी विशेष, र कसैको भक्ति विशेषलाई भन्दा पनी भाषा, संस्कृती, परम्परा, चालचलन आदीलाई सहयोग पू¥याउने एउटा महत्वपूर्ण अभियानमा हात हालेका छौ । यस अभियानलाई पुरा गर्न दोलखा स्थित स्थानिय निकाय, दाजुभाई, दिदीबहीनीहरुको सहयोग रहने छ भन्ने कुरामा हामी आशावासी रहेका छौं ।

यसै गरी विगत ५ बर्ष अगाडीदेखि यस पत्रिका संग सम्वन्धीत रहेर सहयोग, सद्भाव र माया ममता दिएर आउनु हुने शुभचिन्तक दाजुभाई, दिदी बहिनीहरुको जन्मदिनको उत्तरोतर प्रगतीको कामना गर्दै शुभ जन्मोत्सवको अवसर पारेर शुभकामना सन्देश दिएर आएका छौं । सन्देश, शुभकामना हामीले सवैको दिन चाहन्छौं बस हामीलाई समय मै खबर दिएर सहयोग गर्नु हुन पनी विशेष अनुरोध गर्दछौं ।

दोलखालाई राम्रो बनाउनु पर्छ, एकदम राम्रो बनाउनु पर्छ भनेर भीमेश्वर भगवान अवस्थित टोल टोललाई मात्र होईन खरीढुंगादेखि टासिनाम गोगरसम्म, कालिञ्चोक गाउँपालीकादेखि जफे, मालु, शहरेसम्म दोलखा नै हो भन्ने हामी चारपाँच जनाले मात्र होईन सिङ्गो दोलखावासीहरुले राख्नु पर्छ ।

त्यसैले हाम्रो पत्रिकालाई माया गरेर पढि दिनुहुने सबै आदरणीय महानुभाव वर्गहरुमा विशेष विशेष धन्यवाद दिंदै दैलोमै आइरहेको ईन्द्रजात्राको शुभकामना दिएर यो विशेष संपादकीय यहाँको हातमा चढाउँदै कलम बिसाउने अनुमति चाहन्छौं । ईन्द्रजात्राको अवसरमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

2 thoughts on “सम्पादकियः विशेष आज असोज १, बाँपिझ्याला अनलाईन पत्रिका संचालनको एक बर्ष

  1. Misu stha

    हार्दिक शुभकामना

  2. Misu stha

    शुभकामना !!

Leave a Comment