Search

पछिल्लो चौविस घण्टामा दोलखामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो चौविस घण्टामा दोलखामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखामा पछिल्लो चौविस घण्टामा थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चरिकोट अस्पतालमा रहेको पिसिआर ल्यावमा ४१ जनाको स्वाव परिक्षण गरिएकामा ८ जना र जिल्लाको ९ वटै स्थानीय तहमा ४३ जनाको एन्टिजिन परिक्षण गरिएकामा १५ जना गरि कुल २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी कोरोना संक्रमण पुष्टि हुनेहरुमा जिरी नगरपालिकाका २ महिला, भीमेश्वर नगरपालिकाका ४ पुरुष र ६ महिला, तामाकोशी गाउँपालिकाका २ महिला र एक पुरुष, शैलुङ गाउँपालिकाका ५ पुरुष र एक महिला, बैतेश्वर गाउँपालिकाका २ महिला रहेका छन ।

यसै गरी आज २ जना संक्रमित निको भएका छन् । आज निको हुनेमा जिरी नगरपालिकाबाट एक महिला र कालिञ्चोक गाउँपालिकाबाट एक महिला निको भएका हुन् । संक्रमित मध्य चरिकोट अस्पतालमा रहेको एचडियुमा ६ जना छन् भने तामाकोशी कोभिड अस्पतालमा एक जना आइसोलेशन वार्डमा उपचररत छन् । कोरोना संक्रमण पुष्टि भएका १ सय ३४ जना होम आईसोलेशनमा बसि स्वास्थ लाभ लिईरहेको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!