अजय प्रधान,
बाँपीझ्याला, दोलखा । सदरमुकाम चरिकोट स्थित होटेल अव्रेसिसमा हिजो एक कार्यक्रमका बिच दोलखा कोरोना डायरी नामक पुस्तक विमोचन गरिएको छ । गौरीशंकर सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रले प्रकाशन गरेको उक्त पुस्तक जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे र भीमेश्वर नगरपालिकाका नगर प्रमुख भरत बहादुर केसीले संयुक्त विमोचन गर्नु भएको थियो ।
यसरी प्रकाशनमा ल्याएको पुस्तकमा कोरोना भाईरसको अनुभव, भोगाई र कोरोना रोकथामका लागि भएको कामको बारेमा २३ वटा लेख तथा रचना समोवश गरिएको छ ।
गौरीशंकर पुस्तकालय तथा स्रोत केन्द्र दोलखाका अध्यक्ष कृष्ण बस्नतेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, भीमेश्वर नगरपालिकाका नगरप्रमुख भरत बहादुर केसी, मेलुङ गाउँपालिकाका अध्यक्ष नर बहादुर श्रेष्ठ, कालिञ्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक, जिल्ला प्रशासन कार्यालय दोलखाका प्रशासकीय अधिकृत सुचना अधिकारी औलख बहादुर आले, नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाका अध्यक्ष दिपशंकर चौलागाई, कालिञ्चोक एफएमका स्टेशन म्यानेजर जीवन लामा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।