Search

भाद्र शुक्लपक्ष अष्टमी कायाअष्टमीमा घर–घरमा कुसुलेले मालशी रागमा सहनाई फुकेर दशैंलाई निमन्त्रणा

भाद्र शुक्लपक्ष अष्टमी कायाअष्टमीमा घर–घरमा कुसुलेले मालशी रागमा सहनाई फुकेर दशैंलाई निमन्त्रणा

भरत श्रेष्ठ
बाँपीझ्याला, काठमाण्डौं ।
आज भाद्र शुक्लपक्ष अष्टमी कायाअष्टमी हो । यस दिनमा दोलखाको विभिन्न देव स्थलहरुमा, घर–घरमा कुसुलेले मालशी रागमा सहनाई फुकेर दशैंलाई निमन्त्रणा दिने गर्दछन् । यसै दिन देखि मालश्री भजन गाउने परम्परा छ । श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात जनैपूर्णीमाका दिन दोलखाका डापाखलकले बाजा गाजाका साथ आरधाना गरी कालिञ्चोक भगवतीलाई दोलखामा ल्याईन्छ र त्यस दिन देखि कालिञ्चोक भगवती दोलखा भीमेश्वरको उत्तर पट्टी रहेको त्रिशुलै त्रिशुल रहेको स्थानमा बस्छ भन्ने भनाई रहेको छ ।

यसरी जनैपूर्णिमाको दिन देखि कायाअष्टमीको दिन सम्म दोलखामा बसेको कालिञ्चोक भगवतीलाई दोलखाबाट डोक्छेँमी गुठीयारबाट भगवतीलाई रथमा राखेर बोका, पूजा समान, गरगहना र बाजा गाजाका साथ कालिञ्चोक भगवतीको स्थानमा पुनःस्थापना गर्न जाने गर्दछन् ।

यसरी विधि पूर्वक ब्राम्हणबाट रुद्री पूजा र बलीपूजा गरी विधिविधानबाट पूजा गरी भगवतीलाई कुण्डमा स्थापना गरी घर फर्कन्छन् । यसै दिन देवी भगवतीको पुकार तथा आरधना गरी घरघरमा आएर सहनाइ फुक्ने कुसुलेलाई मकै,चामल दान गर्ने चलन पनि दोलखामा रहेकोछ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!