Search

थारु समुदायका बुबा र भाइहरू छोरीहरू र दिदी बहिनीहरूको दीर्घायुको लागि ब्रत बस्ने पर्व “अटवारी” आजदेखि शुरु

थारु समुदायका बुबा र भाइहरू छोरीहरू र दिदी बहिनीहरूको दीर्घायुको लागि ब्रत बस्ने पर्व “अटवारी” आजदेखि शुरु

बाँपीझ्याला, कैलाली । नेपालको पश्चिमी तराईमा बसोवास गर्ने थारु समुदायले मनाउने ‘अटवारी’ पर्व आजदेखि सुरु भएको छ । दुई दिनसम्म मनाउने पर्व कैलाली–कञ्चनपुर लगायत बाँके र बर्दिया जिल्लाहरुमा मुख्य रूपमा आपसी मेलमिलाप, एकता र सुमधुर पारिवारिक सम्बन्धको प्रतीकको रुपमा मनाउने गरिन्छ ।

थारु समुदायमा स्थानीय रूपमा आइतबारलाई ‘अटावर’ को नामले चिनिन्छ र त्यो पर्व ‘अटावरी’ को नाम एउटै शब्द बाट राखिएको थारु अगुवा प्रभात चौधरीले बताए । उनले श्रीकृष्ण जन्माष्टमीपछि आउने दोश्रो आइतबारबाट अटवारी पर्व सुरु हुने बताए ।

चाडपर्वको शुरुवातसंगै, थारु समुदायका बुबा र भाइहरू दिनभरी कडा उपवास (पानी समेत नपिई) छोरीहरू र दिदी बहिनीहरूको दीर्घायुको कामनाका लागि व्रत बस्ने चलन रहेको अगुवा चौधरीले बताए । अट्वारीको दोस्रो दिन अर्थात सोमबार बिहान पतौला खरिया, खुर्मा, फुलौरी, भात, गब्दा र तामासहितका तरकारी र सात प्रकारको विभिन्न परिकार तयार गरी ब्रतालुहरूले नुहाइधुवाइ पूजापाठ गर्ने गर्छन् ।

पूजापाठपछि ब्रतालुले आफ्नो खानाको परिकारबाटआधा भाग दिदीबहिनाका लागि छुट्याएपछि भोजन गर्ने चलन रही आएको छ । सोमबार बिहानको भोजनलाई थारु भाषामा ‘फ्राहार’ भनिन्छ । अघिल्लो दिन ९आइतबार० र दोस्रो दिन ९सोमबार० ब्रतालु दाजुभाइले आफूले खानुपूर्व दिदीबहिनीको लागी फलफूल तथा खानाका परिकारबाट छुट्याएको परिकार विवाहित छोरीचेलीबेटीलाई यसै दिन दिने चलन छ ।

छोरीचेलीलाई वर्षभरीको सम्झनास्वरूप पठाउने कोसेलीलाई ‘अग्रासन’ भनिन्छ । विवाहित छोरीचेलीले दाजुभाइहरूले आफ्नो भागबाट दिदीबहिनीका लागि राखेको खानाको परिकारलगायतका पकवानसहितको कोसेली आउला भनेर दिदीबहिनी दाजुभाइ आउने ब्यग्र प्रतीक्षामा बसेका हुन्छन् । वर्षभरी माइतीमा आउन नपाएका दिदीबहिनीहरू यसै पर्वको अवसरमा दाजुभाइसँग भलाकुसारी गर्ने मौका पाउँछन् ।

द्वापर युगमा पाँच पाण्डवमध्येका माहिला भाइ भीमले थारु समुदायका एक जना छोरीलाई उनीमाथि भइरहेको अत्याचारबाट मुक्त गरेको स्मरणमा आइतबार दिनभरी भीमको नाममा व्रत बस्ने र पूजाआजा गर्ने चलन रहेको छ । सुदूरपश्चिम प्रदेश सरकारले थारु समुदायको बसोबास रहेको कैलाली र कंचनपुरमा आज सार्वजनिक बिदा समेत दिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!