Search

स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान

स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान

२६, बाँपीझ्याला, सिन्धुपाल्चोक । सिन्धुपाल्चोक जिल्लामा लामो समय बालसाहित्यमा योगदान पु¥याएका स्रष्टा डम्बर रसिक भारतीलाई ‘सिन्धु–मित्र बालसाहित्य पुरस्कार २०७८’ प्रदान गरिएको छ ।

नगद रु. ११ हजार १ सय ११ रुपैंया पुरस्कार राशीसहित दोसल्ला ओडाएर सम्मानपत्रद्वारा सम्मान गरिएको हो । मित्र प्रतिष्ठानको समन्वयमा दुःखी प्रकाशनले सो पुरस्कार प्रदान गरेको हो । बागमती प्रदेश सभाको सांसद् युवराज दुलालले पुरस्कार प्रदान गरेको थियो ।

कार्यक्रममा स्रष्टा रसिकको व्यक्तिचित्र कवि चन्द्रप्रसाद न्यौपानेले प्रस्तुत गरे । ‘हामीले वर्षिनै बालसाहित्यमा योगदान पु¥याउने स्रष्टाहरुलाई सम्मान गर्ने निर्णय गरेका छौं’, दुःखी प्रकाशनका अध्यक्ष सुरेश कसजूले भने, – ‘यो जिल्लामा प्रदान गरिदै आएको पुरस्कार राशी मध्ये ठूलो राशीको पुरस्कार पनि हो ।’

कार्यक्रमकै बीच दुःखी प्रकाशनले ४ जना जेहेन्दार विद्यार्थीहरुलाई पोषाक र स्टेशनरी सामग्री प्रदान गरेको थियो । उनीहरुलाई कक्षा १२ सम्म शैक्षिक सामग्री सहयोग गरिने प्रकाशनले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!