Search

नेकपा (एकीकृत समाजवादी) ले २९ गते केन्द्रीय समिति बैठक बोलायो

नेकपा (एकीकृत समाजवादी) ले २९ गते केन्द्रीय समिति बैठक बोलायो

२६ भाद्र, बाँपीझ्याला, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टीले २९ गते मंगलबार केन्द्रीय समिति बैठक बोलाएको प्रचार विभाग प्रमुख जगन्‍नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने पार्टीले जनाएको छ ।

यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नुका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले) बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृत समाजवादी) ले विभिन्न राजनीतिक गतिविधि सञ्चालन गर्ने क्रममा जनवर्गीय संगठन निर्माण गरिरहेको छ ।

२८ गते पार्टीका १४ सांसदबारे सर्वोच्च अदालतले निर्णय लिने भएकाले त्यसपछिको पार्टीको रणनीतिका लाग पनि बैठक बोलाइएको नेताहरूले जनाएका छन् । १४ सांसदलाई एमालेले कारबाही गरेको भन्दै सांसदबाट हटाउन माग गरिरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!