Search

परिमार्जनसहित एमसीसी पारित गर्नेः एमाले नेता योगेश भट्टराई

परिमार्जनसहित एमसीसी पारित गर्नेः एमाले नेता योगेश भट्टराई

२६ भाद्र, बाँपीझ्याला, काठमाडौं । ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरूसँग नेकपा (एमाले) का सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईले अमेरिकी परियोजना मिलेनियमन च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँग भएको सम्झौता संशोधनसहित पारित गर्ने पार्टीको नीति भएको बताउनु भयो ।

एमसीसीबारे तत्कालीन नेकपाले गरेका निर्णयमा एमाले अडिग रहेको बताउँदै संशोधनसहित पारित गर्नुपर्छ भन्ने पक्षमा रहेको बताउनुभयो ।

भट्टराईले यसबारे सत्तापक्षको कदम हेरेर एमालेले निर्णय लिने समेत बताउनुभयो । उहाँले सरकारले सम्झौता संसदमा टेवल नगरेसम्म एमालेले त्यसबारे आधिकारिक निर्णय नदिने बताउनुभयो ।

भट्टराईले तत्कालीन नेकपाले बनाएको तीन सदस्यीय कार्यदलको सुझावमा एमसीसी सम्झौता संशोधनसहित अघि बढाउने निष्कर्षमा आफूहरू अडिग रहेको उल्लेख गर्नुभयो । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा पनि एमाले अध्यक्ष केपी ओलीले सरकारको धारणा हेरिरहेको बताउनुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!