Search

अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक

अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक

बाँपीझ्याला, काठमाण्डौं । गायिका अरुणा लामाको स्वरमा समावेश ‘हाँसी हाँसी जलिरहेँ’ बोलको गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । यो गीतको रिमेक भर्सनलाई गायिका कविता श्रेष्ठले स्वर दिएकी छिन् । नरेन्द्रराज प्रसाँईको शब्द रहेको यो गीतमा कुन्दन राज सुब्बाको संगीत छ ।

यमु शर्मा सुब्बाले यो गीतको भिडियोको निर्माण गरेका हुन् । भिडियोमा नायिका शिल्पा पोखरेलको अभिनय छ । साथमा, भिडियोमा यमु शर्मा, आयुष क्षेत्री, कविता श्रेष्ठको पनि अभिनय हेर्न सकिन्छ ।

आयुष क्षेत्रीको निर्देशनमा तयार भएको भिडियोमा नवराज उप्रेतीको छायांकन, अभिनाश डीसी र किरण गिरीको सम्पादन छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!