Search

सदरमुकाम चरिकोट देखि ऐतिहासिक शहर दोलखा बसपार्क सम्म सडक कडिरोडमा रोपिएका विरुवाहरुको गोडमेल कार्य सम्पन्न

सदरमुकाम चरिकोट देखि ऐतिहासिक शहर दोलखा बसपार्क सम्म सडक कडिरोडमा रोपिएका विरुवाहरुको गोडमेल कार्य सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालिका चरिकोट दोलखाको समन्वय तिखातल टोल बिकास सस्थाको संयोजन र स्थानिय संघ संस्था, जन प्रतिनिधी, चरिकोट स्थित तारा दल गण सेना र सशस्त्र प्रहरी बलको सहयोगमा सदरमुकाम चरिकोट देखि ऐतिहासिक शहर दोलखा बसपार्क सम्म सडक कडिरोडमा रोपिएका विरुवाहरुको गोडमेल कार्य सम्पन्न गरिएको छ ।

सेना, प्रहरी र स्थानिय वासिन्दा सहीत गरी जम्मा २ शय जनाको सहभागीतामा उक्त विरुवा गोडमेल कार्य सम्पन्न गरिएको हो । चरिकोटबाट सेना र स्थानिय वासिन्दा यसै गरी दोलखाबाट सशस्त्र प्रहरी र स्थानिय वासिन्दाहरु सहभागीतामा समूह समूहमा बिभाजन भई गोडमेल कार्य सम्पन्न गरिएको छ ।

यसरी गोडमेल कार्यमा सहभागी हुने सम्पूर्णमा तिखातल टोल विकास संस्थाको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुका साथै धन्यवाद व्यक्त गरिएको छ भनी संस्थाका अध्यक्ष तिर्थ बहादुर जोशीले बताउनु भयो ।

उक्त गोडमेल गरिएको विरुवाहरु भीमेश्वर नगरपालीकाको समन्वय र तिखातल टोल विकास समितीको सक्रियतामा रोपिएको हो भनी अध्यक्ष श्रेष्ठ बताउनु भयो । यसरी रोपिएको विरुवाहरुबाट भीमेश्वर नगर र दोलखा शहरको मनोरममा थप सहयोग पुग्नेमा आफु विश्वस्त रहेको पनी बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!