Search

दोलखा भीमेश्वर मन्दिर प्रवेशद्धार आजदेखि भक्तजनको प्रवेशको लागि खुल्ने

दोलखा भीमेश्वर मन्दिर प्रवेशद्धार आजदेखि भक्तजनको प्रवेशको लागि खुल्ने

अजय प्रधान,
२६, भाद्र, बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहरमा अवस्थित दोलखा भीमेश्वरको मन्दिरको बाहिरको प्रवेशद्वार आजदेखि खुल्ने भएको छ । कोभिड १९ को संक्रमणबाट भक्तजनहरुलाई संक्रमणबाट बचाउनको लागि २०७७ मंसिर १९ गतेदेखि प्रवेशद्धार बन्द गरेर बाहिरबाट दर्शन गराउर्दै आएकोमा आजदेखि खोल्ने भएको छ ।

यसरी लामो समयदेखि बन्द भए पश्चात आजदेखि खोल्न लागेको र खोल्नु भन्दा पहिले भगवानमा क्षमापूजा गर्नु पर्ने भएकोले क्षमापूजा गर्नको लागि भीमेश्वर मन्दिर बाहिर परिसर र भित्र सर–सफाई गरिरहेको भीमेश्वर नगरपालिका वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो ।

यसै गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को निर्णय पश्चात मन्दिरको भित्री प्रवेशद्वार पनि भक्तजनको दर्शनको लागि खोल्ने समेत वडाध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यस बारे भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठसँग सम्पर्क गर्दा अहिले भीमेश्वर मन्दिरको अगाडीको च्यानल गेट आज देखि खुल्ला गरिएको छ । साथै लामो समयसम्म बन्द भएको कारण क्षमा पूजा सम्पन्न गरियो । यसै गरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे र कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) दोलखाको बैठकको निर्णय पश्चात पूर्ण रुपमा मन्दिरको प्रवेशद्धार खोल्नको लागि तयारी अवस्थामा रहेको बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!