Search

माओवादी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

माओवादी अध्यक्ष प्रचण्ड पुष्पकमल दाहाल र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

२५ भाद्र, बाँपीझ्याला, काठमाण्डौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स् (एमसीसी) की उपाध्यक्ष फातिमा सुमारले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गरेकी छन्। उपाध्यक्ष सुमार शुक्रबार विहान दाहाल निवास खुमलटार पुगेकी थिइन्। झण्डै एक घण्टा भएको छलफलमा उपाध्यक्ष सुमारले एमसीसी नेपालको हितमा रहेको बताएकी थिइन्।

उनले अध्यक्ष दाहालसँग एमसीसी अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित नरहेको स्पष्ट पारेकी थिइन्। जवाफमा अध्यक्ष दाहालले सत्ता गठबन्धनको बैठकबाट एमसीसी पास गर्ने वा नगर्नेबारे साझा धारणा बनाउने जानकारी गराएका थिए।

उपाध्यक्ष सुमारले शुक्रबार अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गर्दैछिन्।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!