Search

समाजसेवी सकुना श्रेष्ठको “माईतीको आगन” को बोलसँगै यसपालीको तिज पर्व समापन

समाजसेवी सकुना श्रेष्ठको “माईतीको आगन” को बोलसँगै यसपालीको तिज पर्व समापन

बाँपीझ्याला, ललितपुर । नेपाली महिला दिदीबहीनीहरुको विशेष पर्व तिज यस वर्षको लागि समापन भएको छ । कोभिड १९ दोश्रोको संक्रमणबाट नेपाली जनतालाई सरकारले बचाउनको लागि यसपाली पनी सार्वजनिक सभा, सम्मेलन र भोज भतियारमा प्रतिवन्ध लगाएको कारणले धेरै भन्दा धेरै नेपाली जनता एवं दिदिबहीनीहरुले घर घरमै बसेर तिज पर्व मनाएको छ ।

समाजसेवी सकुना श्रेष्ठले पनी यस वर्षको तिज पर्व घरमै बसेर मनाएको बताउनु भयो । कोभिड १९ को संक्रमणका कारण धेरैभन्दा धैरै साथीसंगी र शुभचिन्तकहरुलाई भेटघाट गर्न नपाएकोका दुखेसो व्यक्त गर्नु हुन्छ । यसै गरी आफुले तिजको अवसर पारेर निकालेको “माईतीको आगन” बोलको गित धेरैभन्दा धेरै श्रोता र शुभचिन्तकहरुका साथै दोलखाली दाजुभाई, दिदीबहीनीहरुले मनपराई दिएको कारणले आज छायाँछवी अवार्ड २०७८ बाट सम्मानीत हुन पाउदा खुसी व्यक्त गर्नु हुन्छ । यसरी आफु सफलताको शिखरमा पुग्न सफल भएको श्रेय शुभचिन्तक महानुभावहरुलाई नै गएकोले आफुले त्यसमा गौरव गरेको बताउनु हुन्छ । साथै आगामी दिनमा आफुलाई अर्को गिती संगालो निकाल्ने हौसला मिलेको समाजसेवी श्रेष्ठ बताउनु हुन्छ ।


आफुले निकालेको गित “माईतीको आगन” निकाल्न सहयोग गर्ने सम्पूर्ण साथीसंगी, दाजुभाई, गुरुहरु र हौसला प्रदान गर्नको लागि यसपालीको तिजको गितको गायन तर्फ आफु पहिलो स्थानमा पुग्न सहयोग गर्नु हुने र कदर गर्नु हुने छायाँछवी परिवार प्रति तिजको शुभकामना सहित हार्दिक आभारका साथ धन्यवाद दिनु हुन्छ । साथै आगामी दिनहरुमा पनी यसै गरी सहयोगको अपेक्षा रहेको बताउनु हुुुन्छ ।

तिज पर्वको विशेष अवसरमा काठमाण्डौं स्थित नयाँ बानेश्वर शितल चौतारी रेष्टरेण्टमा द्वाल्खा म्यासमुचा खलकले हिजो आफ्नो गित “माईतको आगन” को बोलका साथ शुरु गरि कार्यक्रम सम्पन्न गरिएकोमा आफु खुसी रहेको र यस कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने अध्यक्ष कलावती श्रेष्ठ लगायत सम्पूर्ण म्यासमुचा खलकका दिदीबहिनीहरु प्रति कृतज्ञता व्यक्त गर्नु हुन्छ ।

यसै गरी दोलखा स्थित महिला विकास सचेतन केन्द्र दोलखाले आफ्नो पहिलो प्रयासमा निकालेको “माईतीको आगन” बोलको गितका साथ भीमेश्वर नगरपालीकाका उपमेयर कमला बस्नेतज्यूको प्रमुख आतिथ्यमा कार्यक्रम सफल गरेकोमा सस्थाका अध्यक्ष मञ्जरी श्रेष्ठ लगायत सम्पूर्ण सदस्य दिदीबहीनी र दाजुभाईहरु प्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुका साथै उपप्रमुख कमला बस्नेतज्यूलाई आफ्नो अमुल्य समय दिई कार्यक्रम सफल बनाउन पाल्नु भएकोमा महिला विकास सचेतन केन्द्र र आफ्नो तर्फबाट हार्दिक आभार व्यक्त गर्नु हुन्छ ।

यसै गरी दोलखाली दिदीबहीनीहरुको अग्रता र सक्रियताको लागि उपमेयरज्यूको हरपल सहयोग हुनेछ भन्ने कुरामा आफु आशावासी र विश्वस्त रहेको बताउनु हुन्छ ।

आज आफ्नै गितको बोल “माईतीको आगन” मा आफ्नै निवास धोविघाटमा तिज विशेष कार्यक्रममा पाल्नु भई नाचगानमा सहभागी भई सहयोग गर्नु हुने आत्मीय संगी रविना श्रेष्ठ, बबिता सिटौला र बहिनी साथी सुनी प्रधान प्रति हार्दिक आभार व्यक्त गर्नुका साथै धन्यवाद व्यक्त गर्नु भएको छ ।

यसरी गित प्रकाशनमा ल्याउन घरपरिवारको तर्फबाट छोराछोरी र बुहारीले “माईतीको आगन” बोलको गित निकालेको र सफलता हासिल गरेको खुसीयालीमा हार्दिक कृतज्ञताका साथ बधाई दिर्दै आज आफ्नै निवास धोविघाटमा केक काटी तिज पर्व मनाएको बताउनु हुन्छ । साथै सधै छोराछोरी र बुहारीको सहयोग र साथ रहनेमा आफु विश्वस्त रहनुका साथै छोरा छोरी, बुहारी नातिहरुको उज्वल भविष्य र सु–स्वास्थ्य अनी सफलताको लागि दोलखा भीमेश्वरमा प्रार्थना गरेको बताउनु हुन्छ ।

पहिलो प्रयास “माईतीको आगन” बोलको गितलाई शुरुदेखि आजसम्म सञ्चार माध्यममा पू¥याउन सहयोग गर्ने बाँपीझ्याला मिडिया परिवारलाई हार्दिक आभार व्यक्त गर्नुका साथै धेरै धेरै धन्यवाद व्यक्त गरिएको बताउनु भयो ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment