Search

धनुषाका स्थानीय तहमा ४ अर्ब भन्दा बढी बेरुजु निस्केको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक

धनुषाका स्थानीय तहमा ४ अर्ब भन्दा बढी बेरुजु निस्केको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक

बाँपीझ्याला, धनुषा । धनुषाका जनप्रतिनिधिले कानुन विपरीत खर्च गर्दा करिब ४ अर्ब रुपैयाँभन्दा बढी बेरुजु पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५८ औं प्रतिवेदनमा धनुषाका विभिन्न स्थानीय तहमा जनप्रतिनिधिले रकम दुरुपयोग गरेको औंल्याइएको छ ।

धनुषाको १८ वटा स्थानीय तहमा आर्थिक वर्ष ०७६÷०७७ मा १८ अर्ब ८ करोड ३२ लाख ९९ हजार रुपैयाँको लेखा परीक्षण भएकोमा १ अर्ब ७७ करोड ८२ लाख ६९ हजार रुपैयाँ बेरुजु पाइएको हो । हालसम्म ती स्थानीय तहमा कुल ४ अर्ब २७ करोड ३७ लाख ५९ हजार रुपैयाँ बेरुजु छ ।

धनुषामा एक उपमहानगरपालिका, ११ वटा नगरपालिका र ६ वटा गाउँपालिका छ । तीमध्ये सबैभन्दा बढी बेरुजु सबैला नगरपालिकामा पाइएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष ०७६÷७७ मा सबैला नगरपालिकाको १ अर्ब ७ करोड १६ लाख ३ हजार रुपैयाँको लेखा परीक्षण हुँदा २८ करोड २७ लाख २९ हजार रुपैयाँ बेरुजु देखिएको छ । यो कुल परीक्षण रकमको २६।३८ प्रतिशत रहेको सो प्रतिवेदनमा उल्लेख छ । यस स्थानीय तहको हालसम्म ५८ करोड ४९ लाख ५४ हजार रुपैयाँ बेरुजु छ ।

त्यसैगरी कमला नगरपालिकाको ९३ करोड ४ लाख २२ हजार रुपैयाँको लेखा परीक्षण हुँदा १३ करोड ८१ लाख ३८ हजार रुपैयाँ बेरुजु ठहर गरिएको छ । उक्त बेरुजु लेखा परीक्षण गरिएको रकमको १४।८५ प्रतिशत हो । कमला नगरपालिकाको हालसम्म ३५ करोड २६ लाख २ हजार रुपैयाँ बेरुजु ठहर गरिएको छ ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाको आर्थिक वर्ष ०७६÷०७७ मा २ अर्ब ७८ करोड ३५ लाख ९८ हजार रुपैयाँको लेखा परीक्षण हुँदा ३५ करोड ५७ लाख ७२ हजार रुपैयाँ बेरुजु भएको सो प्रतिवेदनमा ठहर गरिएको छ । जनकपुरधामको बेरुजु प्रतिशत १२।७८ छ । जनकपुरधामको अहिलेसम्म ८० करोड ७९ लाख ३५ हजार रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको ५८ औँ प्रतिवेदनमा उल्लेख छ ।

हंसपुर नगरपालिकाको ९५ करोड ९९ लाख ६६ हजार रुपैयाँको लेखा परीक्षण गर्दा ११ करोड ८६ लाख ५३ हजार रुपैयाँ बेरुजु भएको ठहर गरिएको छ । हंसपुरको अहिलेसम्म ३५ करोड ९४ लाख ३९ हजार रुपैयाँ बेरुजु छ ।

त्यसैगरी शहिदनगर नगरपालिकाको १ अर्ब १४ करोड ५१ लाख २ हजार रुपैयाँको लेखापरीक्षण हुँदा १२ करोड ४९ लाख ५० हजार रुपैयाँ बेरुजु छ । शहिदनगरका हालसम्म २९ करोड ७३ लाख २७ हजार रुपैयाँ बेरुजु ठहर भएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ ।

मिथिला नगरपालिकाको १ अर्ब ११ करोड ३१ लाख ९१ हजार रुपैयाँको लेखापरीक्षण गर्दा १२ करोड १४ लाख १८ हजार रकम बेरुजु देखिएको छ । अहिलेसम्म मिथिला नगरपालिकाको बेरुजु २४ करोड ४६ लाख १८ हजार रुपैयाँ ठहर भएको छ ।

बटेश्वर गाउँपालिकामा गत आर्थिक वर्ष ६ करोड ८३ लाख १९ हजार रकम बेरुजु देखिएको छ भने धनौजी गाउँपालिकामा ४ करोड ९८ लाख ३ हजार रुपैयाँ, नगराईन नगरपालिकाको ६ करोड २० लाख २३ हजार, विदेह नगरपालिकाको ७ करोड ७३ लाख ३६ हजार रुपैयाँ बेरुजु ठहर गरिएको छ ।

मिथिलाविहारी नगरपालिकाको ६ करोड ८० लाख ८७ हजार रुपैयाँ, लक्ष्मीनिया गाउँपालिकाको ५ करोड ४२ लाख ९० हजार, क्षीरेश्वरनाथ नगरपालिकाको ७ करोड ७० लाख ५२ हजार रुपैयाँ, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको २ करोड ९२ लाख ३ हजार रुपैयाँ गत वर्ष बेरुजु देखिएको छ ।

त्यसैगरी औरही गाउँपालिकाको ३ करोड ३ लाख ८५ हजार रुपैयाँ, जनकनन्दिनी गाउँपालिकाको ३ करोड ६६ लाख ३० हजार रुपैयाँ, धनुषाधाम नगरपालिकाको ५ करोड ५६ लाख ६३ हजार रुपैयाँ बेरुजु देखिएको महालेखा परीक्षकको प्रतिवेदनमा जनाइएको छ ।

धनुषामा सबैभन्दा न्यून बेरुजु गणेशमान चारनाथ नगरपालिकामा भएको छ । यस पालिकाको आर्थिक वर्ष ०७६र०७७ मा १ अर्ब १२ करोड ६९ लाख ६२ हजार रुपैयाँको लेखापरीक्षण गर्दा २ करोड ७८ लाख १८ हजार बेरुजु ठहर भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!