Search

राष्ट्रपति भण्डारीबाट प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

राष्ट्रपति भण्डारीबाट प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान

२४ भाद्र, बाँपीझ्याला, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मालाई आज बिहीबार विहान राष्ट्रपति भवन शितलनिवासमा आयोजित विशेष समारोहमा दर्ज्यानी चिह्न दज्र्यानी चिन्ह प्रधान गरिएको छ । यसरी दज्र्यानी चिन्ह पाएसँगै प्रधान सेनापति शर्माले पद तथा गोपनीयताको शपथ पनि लिनुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधान सेनापति शर्मालाई शपथ दिलाउनुभएको थियो ।

राष्ट्रपतिबाट प्रधानसेनापति शर्मालाई दर्ज्यानी चिह्न प्रदान
अघिल्ला प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ गते सकिएपछि शर्मालाई प्रधानसेनापति बनाइएको हो ।

११ भदौमा राष्ट्रपति भण्डारीबाट प्रधानसेनापतिमा नियुक्त शर्माले एक महिनाअघि अर्थात साउन २५ गतेदेखि नै कायममुकायम प्रधान सेनापतिको जिम्मेवारी सम्हाल्दै आउनुभएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!