Search

एमसीसीकी उपाध्यक्ष फातिमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो

एमसीसीकी उपाध्यक्ष फातिमा नेतृत्वको टोली काठमाडौं आइपुग्यो

बाँपीझ्याला, काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) को डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष फातेमा जे सुमार र नायव उपाध्यक्ष जोनाथन ब्रुक्स काठमाडौँ आइपुगेका छन् ।

नेपालको चारदिने भ्रमणका क्रममा फातेमाको टोली बिहीबार बिहान कतार एयरको विमानबाट काठमाडौं आएको हो । उनीहरुको आगमनलाई मध्यनजर गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपास सुरक्षा व्यवस्था कडा तुल्याइएको थियो ।

सो टोली एमसीसीबारे छलफल गर्न आएको हो । एमसीसीबारे नेपाली राजनीतिक वृत्तमा एकमत हुन सकेको छैन ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!