Search

दोलखाली चेली सकुना श्रेष्ठको सौगात “माइतीको आँगनमा”

दोलखाली चेली सकुना श्रेष्ठको सौगात “माइतीको आँगनमा”

बालकृष्ण श्रेष्ठ “पासा”

भीमेश्वर नगरपालिका वडा नं. २ मा अवस्थित दोलखा अभयपुर शहरले पौराणिक र ऐतिहासिक नगरको विशाल गरिमा र महिमालाई समयको विकसित परिभाषाबाट साँघुरिएर खुम्चिंदै गए पनि दोलखाली धरातलमा जन्मेका साहसी व्यक्तित्व, महान्यायाधिवक्ता, प्राविधिज्ञ, इन्जिनियर, न्यायाधीश, वकिल, डाक्टर, कलाकार, गायक, गीतकार, साहित्यकारहरुले दोलखाको गरिमा जति बढाएको पाउँदा जति गर्विलो महशुस भएको छ त्यसै गरी यस पटक नेपालको साँगीतिक क्षेत्रमा अझ गर्वको आभास दिलाएकी छन् दोलखाको माटोमा जन्मेर हुर्केकी चेली समाजसेवी सकुना श्रेष्ठ मलेकुले ।

आफ्नो मनलाई साँघुरो र कुण्ठित भावनामा राख्नुहुन्न, जिन्दगी पाएर जीवन जिउने हरेक पाटोहरुलाई नियाल्दै जाँदा कुन सतहमा पुगेर कुन पहाडको क्षितिजलाई स्पर्श गरिन्छ त्यो त जीवन यात्राले तय गरिने कुरा हो । हिंड्दा कहिले ठेस लाग्नसक्छ, अध्ययन गर्दा असफल हुनसक्छ, जस्तो कि घोडा चढ्दा लगाम कस्न जानिएन भने लड्न पनि सक्छ, यस्तो कुरामा चेतना जगाएर कदम बढाईयो भने सफल बन्न सकिन्छ, तर यसको लागि प्रेरणा, उत्साह, सहमति र पारिवारिक समर्थन अनि हौसलाको जरुरत पर्छ । यिनै सबै कुराले समाहित भएर नै आज उन्नति र प्रगतिको धरहरा उक्लिन सफल भएकी छन् दोलखाली चेली सकुना श्रेष्ठ ।

कुनै कुनै मान्छेहरुले सोच्लान् पैसा भएपछि त जसले जे पनि गर्न सकि हाल्छन् नि भनेर…हुन त पैसा जरुरी छ, तर पैसा झोलामा कोचाएर प्रतिभा आजमाउन सकिन्न, आवश्यकता परिपूर्तिको लागि पैसाको जोहो गर्नुको साथै प्रतिभा उजागर गर्न लगनशीलताको जरुरी छ, परिश्रमी बन्न जान्नुपर्छ । यिनै कुरालाई दृष्टिगत गरीकन समाजसेवी सकुनाले आफ्नो प्रतिभालाई यसपालीको तिजको विशेष अवसर पारेर ’माइतीको आँगनमा’ पू¥याएर आफ्नो लक्षलाई आदर्शको मूलाधारको रुपमा प्रस्तुत गरेकी छन् ।

’माइतीको आँगन’ शिर्षकमा तीज गीत बनाएर उनले जुन कोसेली सबै माइत खलक, दोलखा जिल्ला अनी सम्पूर्ण नेपाली दिदीबहीनीहरुको मन, घर र आँगनमा फैलाएर मन्त्रमुग्ध बनाउन सफल हुनु भयो त्यसको मूल श्रेय नै उनकै चारजना छोराछोरीलाई नै जान्छ । यसै गरी उनको नजिकको शुभचिन्तकहरुलाई …

गत बर्ष झै यस वर्षमा पनि कोभिड –१९ को महामारी प्रकोपले संसारभरका जनजीवन अस्तब्यस्त बनाएर बाँच्न र बचाउन नै मुश्किेरीको हौसला र आदरमा पनि आफ्नै घरमा अभ्यास गरेर यो गीत हामी हामी सवैको माझ प्रस्तुत गर्न सफल भएकोमा हामीले उनलाई दोलखाकी उदीयमान नव गायिकाको रुपमा हृदयदेखि सम्मान गर्नु पर्छ ।

’माईतीको आँगन’ गीत सुन्दैमा कर्णप्रिय धुन र मधुरम आवाजले त्यसैपनि मन्त्रमुग्ध पारेको त छ नै, यस गीतमा भरिएका संगीतले उल्लास थपिदिएको छ ।

एच.बी. सुनारको शब्द र संगीतमा तैयार गरिएको यस गीतमा सकुना श्रेष्ठले सुमधुर स्वरमा गाएर सबै माइती खलक लगायत कर्म घरका शुभचिन्तकहरुलाई दंगदास पारेकी छन् । यस गीतमा गाउन उनलाई मञ्जु उपासनाले साथ दिएकी छन् भने म्युजिक एरेन्जमा साहस शाक्य, नृत्यमा जोडदार प्रस्तुति गर्नेहरुमा मोडेल शिल्पा पोखरेल र अञ्जु सुनार अनि अभिभावकको भूमिकामा प्रसिध्द कलाकार देशभक्त खनाल र रमा थपलियाको बेजोड अभिनय रहेको छ । यस गीतको माध्यम भिजुयलका निर्देशक उत्तम ’शिशर’ हुन्, त्यसैगरि कोरियोग्राफीमा सुबोल थापा र श्रृङ्गार सज्जामा सपना लम्साल रहेकी छन् ।

यसै गरी गित बजारमा आउनु पूर्व र पछिका दिनहरुमा बजार व्यवस्थापन र प्रचार प्रसारमा बाँपीझ्याला मिडिया प्रा.लि. को सक्रियता र सहयोग रहेको छ भने व्यवस्थापनमा समाजसेवी आफै अध्यक्ष रहेको समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको विशेष सहयोग रहेको छ ।

यस गीतको सृजना र व्यवस्थापनको सोचबारे नव गायिका सकुना श्रेष्ठको धारणा बुझ्दा जीवनमा दुख नगरे सुखको अनुभूति समेट्न गाह्रो हुन्छ । धनसम्पत्ति मातै भएर सुख के हो भनेर थाहा पाउन त्यत्ति सहज नहोला, जीवनमा नचाहँदा नचाहँदै पनि मिलन र विछोडका अध्यायहरु आउँछन् । यस्तो बेलामा हरेस खाएर निरास बन्नुहुन्न, बरु जीवनलाई कसरी उत्साहित बनाउने र व्यतीत जीवनलाई अशान्ति हुनबाट जोगाउन केही कर्म र धर्मलाई समाहित गरेर अगाडि बढ्न सिक्नुपर्छ भन्ने लागेर नै यो कदम चालेको भन्ने पाइयो ।

आफ्नो सन्तान भएपछि आफूलाई जन्म दिने र कर्मको बाटो देखाउने अभिभावकलाई बेवास्ता गर्नुहुन्न, जति आफूले आफ्ना छोराछोरीको लागि स्याहार सम्भार गरेर सही मार्गमा लान कोशिस गरेको हुन्छ, त्यस्तै आफ्ना बुबा आमाले पनि गर्नु भएको छ भन्ने मनमा लिएर आत्मसात् गरेर सम्मान र आदर गर्नुपर्छ । बाबुआमाको मनलाई कहिल्यै दुखाउनु हुन्न, चाडपर्वमा मात्र होइन सदा सर्वदा ख्याल राख्न दिदीबहिनी माइती आउने जाने गर्नुपर्छ भनेर यस गीतमा दर्शाउन खोजिएको छ भनेर सुनाईन् ।

प्रस्तुत गीतको ढाँचा र भावनालाई बुझेर हामी सबैले यसलाई उच्च प्राथमिकताका साथ मनन गरेर लोकप्रिय बनाउनमा सहयोग गरौं ! हुन त यसै वर्षको पहिलो खुड्किलामै छायाँछवि अवार्ड २०७८ पुरस्कारले सम्मानित भैसकेको यस गीत र गायिकाद्वय लगायत संगीतकार गीतकारको वर्णन गरिरहन त्यत्ति जरुरी नहोला । जे होस् दोलखाली चेलीले रोपी दिएको यो गीत “माइतीको आँगन” मा युगान्तकारी भएर फुलिरहोस् । यही शुभकामना छ ।
२०७८/०५/२४.
जोरपाटी काठमाडौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!