Search

समाजसेवी सकुना श्रेष्ठको पहिलो प्रस्तुती “माईतीको आगन” तिज गितको बोल संगै द्वाल्खा म्यासमुचा खलकको तिज विशेष कार्यक्रम भव्य सम्पन्न

समाजसेवी सकुना श्रेष्ठको पहिलो प्रस्तुती “माईतीको आगन” तिज गितको बोल संगै द्वाल्खा म्यासमुचा खलकको तिज विशेष कार्यक्रम भव्य सम्पन्न

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, काठमाण्डौं । उपत्यकाको नयाँ बानेश्वर स्थित सितल चौतारी रेष्टुरेण्टमा द्वाल्खा म्यासमुचा खलकको आयोजना र संस्थाको सरक्षण सकुना श्रेष्ठको विशेष सहयोगमा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । २०७८ सालको तीज विशेष चाडपर्वको नियमित दर खाने कार्यक्रम विधिवत रुपमा सम्पन्न गरेको छ । आफ्नो माइतीघर दोलखाका चेलीबेटी समुहको एक संगठन हो यो ’द्वाल्खा म्यासमुचा खलक’ ।

अध्यक्ष कलावती श्रेष्ठले दर खाने कार्यक्रमको शुरुआतमा सबै चेलीबेटी समुहलाई टीका लगाएर तीज विशेष उपहारको रुपमा पोते लगाएर स्वागत गर्नुभएको छ ।

यसपछि कार्यक्रम संगीतमय बनेको थियोे । यसवर्ष तीजको माहोलमा दोलखाली चेली एवं उक्त म्यासमुचा खलकका संरक्षक समाजसेवी साथै नव गायिका सकुना श्रेष्ठ लगायतको समुहले गाएको भरखरै चर्चित भैरहेको गीत ’ माइतीको आँगन’ बाट शुरुआत गरिएको उक्त कार्यक्रमले शितल चौतारी रेष्टुरेन्टको सभाकक्ष गुन्जायमान भएको थियोे ।

उक्त कार्यक्रममा संस्थापक चेलिबेटी दिदिबहीनीहरुकोे भने उपस्थिति देखिएको थिएन । उक्त चेलीबेटी समुहको दर खाने कार्यक्रममा कानुनी सल्लाहकार प्रवीण प्रधान, द्वाल्खा गुठीका महासचिव एवं बाँपीझ्याला डटकम अनलाईन पत्रिकाका सम्पादक उपेन्द्र प्रधान, व्यवस्थापन सहयोगी बालकृष्ण पासा, यसै गरी खलकका सल्लाहकार शान्त श्रेष्ठ, शुभचिन्तक दोलखाली युवा समाजसेवी राजेश श्रेष्ठ र रामेश्वर श्रेष्ठको उपस्थिति थियो ।

साथै उक्त कार्यक्रममा रिमा साइराम समाजकी अध्यक्ष रिमा साइरामको पनि विशेष उपस्थिति थियोे । पूर्व संस्थापक अग्रजहरुलाई पनि निमन्त्रणा गरिएको तर उहाँहरुको अनुपस्थितिले दुखित भएको कुरा अध्यक्ष कलावतीले बताउनु भयो । यसै गरी नेवार समाजले विगत वर्षहरुमा माइतमा छँदा यो तीज एवं दरखाने कार्यक्रम नमनाइएको भएपनि धर्म र संस्कृति स्वेच्छाले जो कोहीले पनि मनाउँदा फरक नपर्ने कुरा उपस्थिति चेलीबेटी समुहले बताएका छन् । जसरी छठ पर्व तराईमा मात्रै मनाइने चलन थियोे तर भगवान सबैले मानिन्छ भने पर्व पनि मनाउँदै जानपर्छ भन्ने सन्देश यस प्रकारको एकता र मिलनपनले दिएको देखिन्छ ।

कसैले मनाउन चाहन्नन् भने कर गर्नु उचित हुदैन, स्वेच्छाले यस्तो कार्यक्रममा सहभागी जनाउनेहरुलाई स्वागत गरेर मनोरञ्जन गराउन जरुरी छ । जे होस् कोरोना–१९ का कारणले विक्षिप्त बनेको समयमा थोरै मात्रामा भएपनि जमघट भएर खुशी साटासाट गरेर मनमा प्रसन्नता छाएको देखिँदा रमाइलो महशुस भएको दोलखाली चेलीबेटीहरुलाई । द्वाल्खा म्यासमुचाका हरेक कार्यक्रम सफल होस् । यसै गरी कार्यक्रम पश्चात दिवा भोजको व्यवस्थापन गरिएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!