Search

भीमेश्वर नगरपालीका दोलखामा समाजसेवी सकुना श्रेष्ठद्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न

भीमेश्वर नगरपालीका दोलखामा समाजसेवी सकुना श्रेष्ठद्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
भीमेश्वर नगरपालीका वडा नंं २ ऐतिहासिक शहर दोलखा स्थित समाजसेवी सकुना श्रेष्ठको आयोजना तथा महिला विकास सचेतन केन्द्र दोलखाको सयोजनमा आज तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

भीमेश्वर नगरपालीकाका उपप्रमुख कमला बस्नेतको प्रमुख आतिथ्य, भीमेश्वर नगरपालीका वडा नंं २ का वडाध्यक्ष विराजमान श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा संस्थाका सदस्य एवं शुभचिन्तक दोलखावासीहरुको उपस्थिती रहेको थियो ।

समाजसेवी भरत नारायण प्रधानले संचालन गर्नु भएको उक्त कार्यक्रम उपमेयर एवं आजका यस कार्यक्रमका प्रमुख अतिथी कमला बस्नेतले पानसमा बत्ति बालेर उद्घाटन गरि कार्यक्रमलाई अगाडी बढाईएको थियो । उक्त कार्यक्रममा समाजसेवी, उद्यमी एंव नव गायिका सकुना श्रेष्ठको पहिलो गायनमा प्रकाशनमा आएको “माईतको आगन” भन्ने गितको बोलबाट नाचगान अगाडी बढाईएको थियो भनी संस्थाका अध्यक्ष मञ्जरी श्रेष्ठले बताउनु भयो ।

शुभकामना मन्तव्यको क्रममा प्रमुख अतिथी एवं नगर उपप्रमुख कमला बस्नेतले समाजसेवी सकुना श्रेष्ठको पहिलो प्रयासबाट प्रकाशनमा आएको “माईतीको आगन” भन्ने शिर्षकको तिजको गितले माईती घर दोलखा शहरलाई मात्र नभएर सिङ्गो जिल्लाको ईज्जत राखी गौरवता कायम गर्न सफल भएकोमा हार्दिक धन्यवाद सहित शुभकामना दिनु भयो ।

यसरी कार्यक्रमको उद्घाटन सत्र र नाचगान सत्र अनी दिवा भोजनको कार्यक्रम गरी तिन सत्रमा संचालन भएको उक्त कार्यक्रमको उद्घाटन सत्र समापन गर्दै उपस्थिती सम्पूर्ण महानुभाव दिदीबहीनीहरुलाई तिजको शुभकामना दिर्दै नाचगानको सत्रमा सवै दिदिबहिनीहरु सक्रियता साथ भाग लिन आग्रह गर्दै उद्घाटन सत्र संस्थाका अध्यक्ष मञ्जरी श्रेष्ठले अन्त भएको घोषणा गर्नु भयो ।

यस तिज विशेष कार्यक्रमलाई संस्थाका संरक्षक एवं समाजसेवी नव गायीका सकुना श्रेष्ठले विशेष सहयोगका साथ सम्पन्न गर्न हौसला प्रदान गर्नु भएकोमा संस्थाको तर्फबाट वहाँलाई हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनी यसै गरी सहयोग र सद्रभावको आशा अनी विश्वास राखेका छौं भनी संस्थाका सचिव विन्दीया श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!