Search

लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण

लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । सफा सुनौलो नेपाल र चाइना फाउण्डेशनको आर्थिक सहयोगमा भीमेश्वर नगरपालीका वडा नं. १ स्थित लामानागी आधारभुत विद्यालय सुस्पा–क्षमावतीका बिद्यार्थीहरुलाई स्कुल व्याग तथा स्टेशनरी सामाग्री हस्तान्तरण गरिएको छ ।

बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष साङ्गे धोर्जे शेर्पाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमा प्रमुख अतिथी समाजसेवी एवं नेपाली काँग्रेसका नेता ईस्वरनारायण मानन्धरको हातबाट उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।

समाजसेवी एवं नेपाली काँग्रेसका युवा नेता राकेस श्रेष्ठको विशेष सक्रियतामा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।

यसै गरी उक्त कार्यक्रममा नेपाल विद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य सन्तोष पाण्डे, नेपाल विद्यार्थी संघ दोलखाका जिल्ला कार्यसमिति सचिव एवं भीनपा –५ काँग्रेसका सभापति प्रकाश बस्नेत भीमेश्वर न.पा. वडा नं. १ का काँग्रेस सभापति तथा नेपाल थामी संघका केन्द्रिय सचिव भक्त सिंह थामी, नेपाली काँग्रेस भीमेश्वर नगरका नगरसचिव बालचन्द्र शिवाकोटी, काँग्रेस नेता कृष्ण प्रसाद शिवाकोटी र प्रधानध्यापक बलराम शिवाकोटीको उपस्थिती रहेको थियो ।

यसै गरी उक्त कार्यक्रममा स्कूलको तर्फबाट शिक्षक, विद्यार्थी र अभिभावकज्युहरुको व्यापक सहभागीता रहेको थियो भनी समाजसेवी एवं काँग्रेस युवा नेता श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!