Search

आज नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

आज नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन

२३ भाद्र, बाँपीझ्याला, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम दिन आज बुधवार रहेको छ ।

कम्पनीले भदौ १५ गतेदेखि १८ हजार कित्ता संस्थापक शेयर लिलाीमा ल्याएको हो । शेयरको न्यूनतम मूल्य रू। १ हजार २२ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी आज बैंकिङ समयसम्म बोलपत्र पेश गर्न सकिनेछ ।

इच्छुक आवेदकले उक्त शेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतमको लागि कुनै हद नलाग्ने कम्पनीले बताएको छ ।

बुधवारसम्म प्राप्त भएका बोलपत्र आगामी भदौ २४ गते अपरान्ह ४ बजे सिद्धार्थ क्यापिटल नारायाणचौर, नक्सालमा खोलिने पनि कम्पनीले बताएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!