Search

अफगानिस्तानबाट अभिभावकबाट छुटेका बालबालिकाको उद्दार

अफगानिस्तानबाट अभिभावकबाट छुटेका बालबालिकाको उद्दार

बाँपीझ्याला, एजेन्सी । संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा तालिबान सत्तामा आएपछि देशबाट सर्वसाधारण पलायन हुने क्रममा अभिभावकबाट छुटेका सयौँ बालबालिकालाई उद्दार गरिएको जनाएको छ ।

अमेरिकी सेनाको बहिर्गमनसँगै अफगानिस्तानबाट आफ्ना बावुआमासँग विदेश जान विमानस्थल र वरपरका क्षेत्रमा सयौं बालबालिका छुटेपछी संयुक्त राष्ट्रसंघले उनीहरुको उद्दार गरेको हो । उद्दार गरिएकाहरुमा जर्मनी, कतार र अन्य देशहरूको उडानमा छुटेका बालबालिकाहरू रहेको राष्ट्रसंघको बाल कोष युनिसेफले जनाएको छ ।

युनिसेफले हाल उद्दार गरिएका बालबालिकाहरूको रेखदेख गरिरहेका सरकारहरूलाई प्राविधिक सहयोग प्रदान गरिरहेको र अझै पनि देशमा छुटेकाहरूलाई दर्ता गर्न, उनीहरूको परिवारको पत्ता लगाउन र पुनर्मिलन गर्न प्रयास गर्न मद्दत गरिरहेको बताएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!