Search

दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर लगायत दोलखा जिल्लाका शक्तिपिठहरु दोलखावासी र सर्वसाधारण भक्तजनको दर्शनको लागि छिट्टै खुल्ला हुने

दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर लगायत दोलखा जिल्लाका शक्तिपिठहरु दोलखावासी र सर्वसाधारण भक्तजनको दर्शनको लागि छिट्टै खुल्ला हुने

२२, भाद्र, बाँपीझ्याला, दोलखा । दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहरमा अवस्थित दोलखा भीमेश्वरको मन्दिरको प्रवेशद्वार, कालिञ्चोक मन्दिर लगायत दोलखा जिल्लाका शक्तिपिठहरु दोलखा जिल्लावासी र सर्वधारण भक्तजनहरुको लागि छिट्टै खुल्ला हुने भएको छ ।

भीमेश्वर मन्दिरको प्रवेशद्वार बन्दको बारेमा सामाजिक सञ्जाल मार्फत स्थानिय वासिन्दाहरु लगायत शुभचिन्तक नेपाली भक्तजन दाजुभाईहरुको गुँनासो आईरहेको अवस्थामा आज हामीले श्री भीमेश्वर मन्दीर गुठी तथा पूजा व्यवस्थापन समितीका कोषाध्यक्ष शुरेस कुमार श्रेष्ठ सँग सम्पर्क गर्दा व्यवस्थापन समितीको तर्फबाट बैठकको निर्णय अनुसार खोल्नको लागि अनुरोध सहित दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे समक्ष पत्राचार गरी सकेको र यसबारे छिट्टै निर्णय हुने बताउनु भयो ।

यसै गरी भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ संग सम्पर्क गर्दा जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखामा श्री भीमेश्वर मन्दीर गुठी तथा पूजा व्यवस्थापन समितीले भीमेश्वर मन्दिरको प्रवेशद्वार खोल्नको लागि आग्रह सहितको औपचारीक पत्रचार भईसकेकोले उक्त पत्रको जवाफको प्रतिक्षामा रहेको छ भनी बताउनु भयो ।

यस सम्वन्धमा दोलखा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेसंग सम्पर्क गर्दा भीमेश्वर नगरपालीका लगायत दोलखा जिल्लामा हालसम्म सोचेको अनुसार कोभिड १९ को सक्रमीतको संख्या नघटेको कारणले भीमेश्वर नगरपालीका वडा नं. २ स्थित ऐतिहासिक शहर दोलखामा अवस्थित दोलखा भीमेश्वर र कालिञ्चोक भगवती लगायत जिल्ला भित्रका अन्य शक्तिपिठहरु तुरुन्तै खोल्ने र यही दिनबाट खोल्ने भन्ने योजना नभएको बताउनु भयो ।

तर दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) को बैठक यही महिनाको २५ –२६ गतेतिर बस्ने योजना भएको र सोही बैठकको निर्णय अनुसार दोलखा भीमेश्वर लगायत जिल्लाको अन्य शक्तिपिठहरु खोल्ने बारेमा निर्णय हुने बताउनु भयो ।

त्यसै गरी भीमेश्वर नगरपालीका लगायत दोलखा जिल्लामा हालसम्म कोभिड १९ बाट सक्रमितको संख्या नघटेको र अरु जिल्लाहरु भन्दा दोलखा जिल्ला अलि बढी नै जोखिम भएको कारणले नखोलेको हो भन्ने भनाई राख्नु हुर्र्दै हालपनी भीमेश्वर नगरपालीकाको विशेषतः दोलखा र चरिकोट मै बढी संक्रमित देखिएको छ भनी बताउनु भयो ।

यसरी हुदा हुर्दै पनी अव कसरी र कहिले देखि दोलखा भीमेश्वर, कालिञ्चोक भगवती लगायत जिल्लाका अन्य शक्तिपिठहरु खुल्ला गर्ने भन्ने बारेमा उक्त बैठकले निकास सहित खोल्ने निर्णय गर्ने वहाँको भनाई रहेको छ ।

कोविड १९ को संक्रमणबाट नेपाली जनताहरुलाई बचाउनको लागि नेपाल सरकारको मन्त्री परिषद्को मिती २०७७ साल असोज ३० गते देखि लागू हुने गरी दोलखा जिल्लाका प्रसिद्ध भीमेश्वर मन्दिर लगाएत बिभिन्न शक्तिपिठहरुमा नित्य पूजाहरु बाहेक अन्य गतीबिधीहरु निषेध गरी दोलखा जिल्ला प्रशासन कार्यालयले बन्द गर्दै आएको थियो । यसै गरी कोविड संकट व्यवस्थापन केन्द्र दोलखाले मंसीर १९ गतेदेखि लागू हुने गरी जिल्लाको बस्तुगत स्थितीलाई मध्यनजर गरी उक्त आदेश हटाई भीमेश्वर मन्दिरको मुल प्रवेशद्वारमा मात्र प्रवेशमा निषेध गरिएको थियो ।

उक्त प्रवेशद्वार निषेधको निर्णयलाई स्थानिय बासिन्दाहरुको अनुरोधलाई मध्यनजर गरी गत २०७७ बैशाख ६ बाट श्री भीमेश्वर गुठी तथा पूजा व्यवस्थापन समितीले सर्वसाधारणको लागि प्रवेशद्वार खुल्ला गरिएको थियो ।

तर दुःखद कुरा फेरी मन्त्री परिषद्को बैशाख ६ गते कै निर्णय अनुसार कोविड १९ को दोश्रो संक्रमणको कारण देखाई नेपाल भरीका बिभिन्न शक्तिपिठहरु सर्वसाधारणले दर्शन गर्न नपाउने लगाएत सभा, सम्मलेन गर्न नपाउने भनी निर्णय गरे संगै सोही निर्णयको कार्यन्वयको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले बैशाख ८ गते निकालेको बिज्ञप्ती अनुसार बैशाख ११ गते देखि लागु हुने गरी दोलखा भीमेश्वर तथा कालिञ्चोक मन्दिर लगाएत जिल्लाका शक्तिपिठहरु स्वास्थ्य मापदण्ड पालना गरी नित्यपूजा बाहेक सर्वसाधारणको लागि मन्दिर दर्शनको लागि फेरी निषेध गरिएको जानकारी आग्रह सहितको बिज्ञप्ती निकालेको थियो ।

उक्त निर्णयलाई आधारमानी श्री भीमेश्वर मन्दीर गुठी तथा पूजा व्यवस्थापन समितीले बैशाख ११ गते दिउँसो छक्काल मध्यान्ह पूजा सम्पन्न पछी बैशाख मसान्तसम्म मन्दिर बन्द रहने छ भनी व्यवस्थापन समितीका सचिव चरित्रकृष्ण जोशीको नामबाट बिज्ञप्ती निकालेको थियो । यसरी बैशाख ११ गते पछी जिल्ला प्रशासन कार्यालय चरिकोट दोलखाले निषेधाज्ञा थप स–संगै मन्दिरमा प्रवेश रोक लगाउने निर्णय पनी हालसम्म निरन्तर थप्दै आएको छ ।

यसरी अव दोलखा भीमेश्वरको मन्दिरको प्रवेशद्वार, कालिञ्चोक मन्दिर लगायत जिल्लाका अन्य शक्तिका पिठहरु अव छिट्टै खोल्ने भन्ने बारेमा भीमेश्वर नगरपालिका दोलखा र चरिकोटका होटेल व्यवसायीहरुले खुसी व्यक्त गरेका छन् ।

यसबारेमा लाल भैरव रिर्सोट दोलखाका प्रवन्धक निर्देशक एवं समाजसेवी शान्तकृष्ण श्रेष्ठ सँग सम्पर्क गर्दा निषेधाज्ञाको अर्थनै आफुले नबुझे बताउनु हुन्छ । सरकारले कतै स्मार्ट निषेधाज्ञा भनेको छ, कतै जोड विजोडको निधेषाज्ञा गरेको स्थिती छ भने कतै पूर्ण रुपमा बन्दको स्थिती रहेको कारणले आफु सरकारको निर्णयले अचम्मीत भएको बताउनु भयो ।

यसै गरी राजनितीक पार्टीहरुले जुलुस गर्न पाउने, सार्वजनिक यातायातले कोचाकोच यात्रु बोक्न पाउने, भोज भतियारमा जान पाउने त्यहा कोभिडको संक्रमण नहुने तर मन्दिर दर्शनमा रोक लगाउनाले यसको कुनै महत्व नभएको भनाई राख्नु भयो । यसै गरी अव स्कुल खोल्ने अभियानमा रहेको र सरकारी गैरसकारी कार्यालयहरु राम्रै संचालनमा आईसकेकोले अव दोलखा भीमेश्वर मन्दिर, कालिञ्चोक मन्दिर लगायत दोलखा जिल्लाका शक्तिपिठहरु खोल्दा खेरी केही असर नपर्ने वहाँको भनाई रहेको छ । यसरी शक्तिपिठहरु खोल्दा बरु सामाजिक धुरी कायम गरेर व्यवस्थीत गरेर दर्शनको लागि व्यवस्था मिलाएमा संक्रमण नहुने पनी वहाँको भनाई रहेको छ ।

यसै गरी दि पुर्खुचा दोलखा रिर्सोटका प्रबन्धक निर्देशक अजय प्रधान संग सम्पर्क गर्दा मन्दिर प्रवेशमा रोक लगाएर मात्र संक्रमण कम हुने होईन बरु यसलाई संचालन ल्याउनु नै उपयुक्त हुने र संचालनमा ल्याउदा मन्दिर प्रवेशमा सामाजिक धुरी कायम लगायत स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने भनाई राख्नु भयो । नागरिक संग सम्वन्धीत प्रायः सवै व्यवसायका र क्षेत्र संचालनमा आईसकेकोले होटेल व्यवसाय क्षेत्र पनी संचालनमा आउनु उतिकै महत्व रहेकोले यसको वातावरण मिलाउन स्थानिय सरकारले अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।

यसै गरी भीमेश्वर लज एण्ड फास्फुड पाखलती दोलखाका संचालक शैलेन्द्र जोशी संग सम्पर्क गर्दा दोलखावासी र भक्तजनहरुको आस्थाको केन्द्र दोलखा भीमेश्वर लगायत कालिञ्चोक मन्दिरमात्र बन्द गरेर कोरोना संक्रमण नघटने भएकोले अव भीमेश्वर मन्दिर लगायत सम्पूर्ण दोलखा जिल्लाका शक्तिपिठहरु खोल्नु पर्ने भनाई राख्नु भयो ।
यसै गरी सदरमुकाम चरिकोटमा दोलखा जिल्लावासीको घुईचो लागेको छ खै त्यहा कोरोना संक्रमण छैन । यसरी मन्दिर बन्द हुर्दैमा कोरोना संक्रमण कम हुने र खुल्र्दैमा बढ्ने भन्दा पनी खोल्ने वातावरण तयार गर्नुका साथै मन्दिर दर्शनमाश्री भीमेश्वर मन्दीर गुठी तथा पूजा व्यवस्थापन समितीले व्यवस्थापनको लागि व्यवस्था मिलाउनु पर्छ भन्ने भनाई राख्नु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!