Search

दोलखा कालिञ्चोक गाउँपालिका स्थित गाउँगाउँमा विकास शिविर सञ्चालन

दोलखा कालिञ्चोक गाउँपालिका स्थित गाउँगाउँमा विकास शिविर सञ्चालन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा
। कालिन्चोक गाउँपालिकाले गाउँगाउँमा पुगेर विकास शिविर संचालन गर्ने गरिएको छ । यसै गरी यस वर्षपनी गाउँपालिकाले विकास शिविर कार्यक्रमलाई निरन्तरता दिँदै गाउँगाउँमै पुगेर योजना सम्झौता गरिरहेको छ । जस अन्तर्गत सोमवार उक्त गाउँपालिकाको वडा नम्बर १, मा विकास शिविर सम्पन्न भएको छ ।

शिविरमा सोमवार वडा नम्बर १ मा विभिन्न २२ वटा सम्झौता गरिएको वडा अध्यक्ष वावुलाल थामीले बताउनु भयो । अध्यक्ष विन कुमार थामीले कार्यक्रममा बोल्नु हुर्दै गाउँपालिकाले विकास शिविरलाई नमुना कार्यक्रमको रुपमा प्रभावकारी रुपमा कार्यान्वयन गरेको भन्दै अव प्रत्येक जनताको स्वास्थ्य सुरक्षाका लागि विमा गर्न लागिएको बताउनु भयो।

यसरी संचालन गरिएको विकास शिविरले गाउँका नागरिकहरु गाउँपालिकाको कार्यालय धाउनुपर्ने बाध्यताबाट मुक्त भएको उनले समेत उनले बताए । गाउँपालिकाले आर्थिक वर्ष २०७८।७९ को विकास शिविर यही भदौ १७ गतेबाट सुरु गरेको हो । यसअघि वडा नम्बर ४, ५ र ६ नम्बर वडामा सम्पन्न थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!