Search

प्रधानन्यायाधीशको इजलासमा ओलीले दायर गरेका रिटको सुनुवाइ

प्रधानन्यायाधीशको इजलासमा ओलीले दायर गरेका रिटको सुनुवाइ

बाँपीझ्याला, काठमाण्डौं । एमालेका तत्कालीन सांसदहरू माधवकुमार नेपाललगायत १४ जनालाई केन्द्रीय कमिटीको सिफारिस बमोजिम कारबाही नगरेको भन्दै सभामुख सापकोटाविरुद्ध, एमाले विभाजनमा कानुनविपरीत गतिविधि गरेको भन्दै निर्वाचन आयोगविरुद्ध र प्रदेश सभाका २ जना सूर्य चुनाव चिह्न लिएर निर्वाचित भएकालाई कारबाही सिफारिस गर्दा पनि पदमुक्त नगरेको भन्दै ओलीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यी तीनवटै रिटको पेसी मंगलबारका लागि प्रधानन्यायाधीश जबराको इजलासमा तोकिएको छ । यसरी ओलीले भदौ १७ गते रिट दायर गरेका थिए । भदौ १८ गते न्यायाधीश मीरा खड्काको इजलासमा उक्त मुद्दाको पेसी तोकिएकोमा बेन्च बस्न नसक्दा सुनुवाइ भएको थिएन । ती रिट निवेदनको पेसी भदौ २० गते प्रधानन्यायाधी जबराको इजलासमा तोकिएको थियो । उक्त दिन प्रधानन्यायाधीशले रिट निवेदन हेर्न नभ्याउँदा सुनुवाइ हुन सकेको थिएन ।

मंगलबारको पेसीमा प्रधानन्यायाधीशको इजलासमा ओलीले दायर गरेका रिटको सुनुवाइ ८, ९ र १० नम्बरमा रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!