Search

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र क्रान्तिका लागि मुलुकमा कम्युनिष्ट एकताको पक्षमा झण्डा उठाउने

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र क्रान्तिका लागि मुलुकमा कम्युनिष्ट एकताको पक्षमा झण्डा उठाउने

बाँपीझ्याला, पाल्पा, रासस । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तन र क्रान्तिका लागि मुलुकमा कम्युनिष्ट एकताको पक्षमा झण्डा उठाउने बताएका छन् । नेपालका विभिन्न कम्युनिष्ट पार्टीबीच छलफल गरी एकताको झण्डा उठाउने उनको भनाइ छ ।

माओवादी केन्द्र पाल्पाको विस्तारित बैठकलाई जुममार्फत सोमबार सम्बोधन गर्दै प्रचण्डले डा. बाबुराम भट्टराई, मोहन वैद्य (किरण), नेत्रविक्रम चन्द (विप्लव) र उपेन्द्र यादवसँग एकताका विषयमा सकारात्मक छलफल भइरहेको समेत उनले बताए ।

देशका उत्पीडित जाति, वर्ग, लिङ्ग समुदाय एवं राष्ट्रको एकताको पक्षमा झण्डा उठाउने भन्दै उनले माओवादी पूर्ण समानुपातिक निर्वाचनको पक्षमा नै उभिएको बताए । पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दालाई आगामी दिनमा अगाडि बढाउने प्रचण्डको भनाइ छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!