Search

आज गोकर्ण औंसी (कुशे औंसी) ! स्मरण बुबा प्रति

आज गोकर्ण औंसी (कुशे औंसी) ! स्मरण बुबा प्रति

कुशे औंसी सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म–कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पु¥याउँदछन् र यजमानहरूले पनि सिद्धताको लागि कुश घरघरमा राख्ने गर्दछन् ।

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् । गोकर्णे औँसीका नामले पनि चिनिने यस पर्वमा छोराछोरीहरूद्वारा परम्परा अनुसार आ–आफ्ना बाबुलाई मनपर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गरिन्छ । बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई बाबुको नाममा तर्पण तथा श्राद्ध गरी सिदा दान गर्छन् । विशेषगरी आजको दिन उत्तरगया भनेर चिनिने काठमाडौंको गोकर्णेश्वर महादेव र रसुवाको वेत्रावतीमा आ–आफ्ना दिवंगत बाबुको नाममा तर्पण तथा सिदादान गर्नेहरूको ठूलो घुइँचो लाग्छ ।

पितृदेवो भव’भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रूचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नुका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

बुबाको मुख हेर्ने दिन प्रति आधुनिकता :
हिजोआज नेपालका प्रमुख शहरहरुमा संस्कृति र परम्परागत शैलीमा आधुनिकीकरणको नाउँमा विकृति फैलिंदै गएको छ । हिन्दू धर्म मान्ने केही नक्कलवादीहरुको कारणले असली संस्कृति माथि धावा बोल्न खोजिरहेका छन् । हिन्दूधर्म भलै आयातित धर्म नै किन नहोस्, यसको मूलाधार माथि पश्चिमी चालचलनले जडो गाड्दै गएको देखिन्छ, जस्तो कि यो बाबु याने कि बुबाको मुख हेर्ने दिनमा केक काटेर मनाउने प्रचलन बिल्कुलै ठिक होइन । यो हाम्रो संस्कृति विरुद्ध नै हो ।

जमाना कहाँबाट कहाँ पुगिसक्यो भन्ने लोकोक्ति फैलाएर छिमेकी तथा साथीहरुलाई निमन्त्रणा गरेर केक काटेर आडम्बरी पर्व देखाउन खोज्नु दुःखद कुरा हो । जुन हाम्रो धर्ममा मेल खाँदैन । यो बुबाको मुख हेर्ने भनेको विवाहित चेलीले पतिको घर गएर लामो समय सम्म जन्मदाता बुबा अर्थात् आफ्नो जन्मघरका माइती खलक बाल्य साथी संगातीहरु संगको भेटघाटलाई अविस्मरणीय बनाउने एउटा माध्यम हो ।
असार साउनको खेतीपाती रोपाइँ, गोडमेल गरेर सकाएर केही समय आराम गर्ने मेसोको रुपमा बनाइएको हुनुपर्छ । यस्तो बेलामा माइती खलकले आफ्नो चेलीबेटीलाई बोलाएर भेटेर दुःखसुखका वार्तालाप गर्न भेटिने एउटा पाटो हो र यस्तो मौलिक चाडपर्व नै अरुको देखाशेखीम प्रतिस्पर्धा गर्नु पनि अत्युत्तम नहोला । बाँचुन्जेल बुबालाई हेर्न, रेखदेख गर्न, औषधि उपचार गर्न हिचकिचाउने छोरा छोरीहरुले मरेपछि देखावटी दान गरेर पूण्य कमाउन खोज्ने छोराहरुले बाँचुन्जेल सेवा र सम्भार गर्न स्वास्नीको कुरा सुनेर छिछि दुर दुर गर्नेहरुको छोराहरुले पनि त्यस्तै व्यहोरा खेप्नु नपर्ला कि !

हरेक पिताको सबैभन्दा ठुलो चाहना भनेकै आफ्नी छोरा छोरी सधै मुस्कुराएको हेर्ने चाहना हुन्छ ।

एक पुत्रले आफ्नो पिताको प्रेम तबसम्म बुझ्दैन जबसम्म उ स्वयम् पिता बन्दैन ।

– आमा बिना घर शुन्य हुन्छ, अनि बुवा बिना जीन्दगी ।

जीन्दगी जीउनुको मजा पितासंग मागेको सिक्कामा थियो, आफ्नो कमाईको नोटले त केवल घरखर्च चल्छ ।

जब पिताले मुस्कुराएर सन्तानलाई हेर्छन, त्यहि नै विश्वको सबैभन्दा ठुलो खुसी हो ।

हरेक छोरा छोरीकालागि उनको बुवा सुपरम्यान हुन्, जो हरेक काम गर्न सक्छन् ।

एक पिता आफ्नालागी सबैभन्दा क्रुर हुन्, उनि सबै आफ्ना खुसीको हत्या गर्न सक्छन् ।

हरेक छोरा छोरीको भाग्यमा एक पिता हुन्छन्, तर हरेक पिताको भाग्यमा छोरा छोरी हुदैँनन् ।

सपना मेरो हो, तर त्यसलाई पुरा गर्न दिनरात जसले मेहनत गर्यो त्यो म होइन, मेरो बुवा हुनुहुन्थ्यो ।

पिता त्यो अनमोल सम्बन्ध हो जसको रिसमा प्रेम र गालीमा आफ्नोपन भेटिन्छ ।

यो दुनियाँ पैसाले चल्छ हजुर, तर त्यहि पैसा कमाउने चाहिँ मेरो बुवा हुनुहुन्छ ।

भाग्यमानी हुन् ति जसको शिरमा पिताको हात हुन्छ, पिता नहुनेहरु त धनले पनि गरीब छन् ।

बिहान म उठ्नु अघि जाने र राती म निदाएपछि आउने मेरो बुवा मेरो खुसी किन्न दिन रात काममा हराउनु हुन्छ ।

तलब त अहिले मेरो पनि आउँछ तर इच्छा पुरा गर्न बुवाको कमाईले मात्र सम्भव थियो ।

एक पिता र छोरा बीच गहिरो प्रेम हुन्छ । बुवाले बताउन सक्दैनन् छोराले महशुस गर्न सक्दैन । तर जब बुझ्छन् तब ढिलो भइसहेको हुन्छ ।

विश्वको धनी मानिस पनि आफ्नो माता पिता बिना गरीब सरह हुन्छ ।

– पिता नीमको रुख जस्तो जसको बोली तितो भएपनि उदेश्य हाम्रो भलाई नै हुन्छ ।

मेरो घमण्ड, मेरा साहस, मेरी इज्जत, मेरा सम्मान, मेरो शक्ति, मेरी पूँजी, मेरो पहिचान हो मेरो बुवा ।

जो आफ्नो सारा दुःख लुकाएर आफ्नो सन्तानको इच्छा पुरा गर्छ उ केवल एक पिता हुनसक्छ ।

माता–पिताको आवश्यकता जती हामीलाई बालापन हुन्छ, हाम्रो त्यति नै आवश्यकता उहाँहरुलाई बुढेसकालमा हुन्छ

जो कहिल्यै आफ्नो प्रेम बदल्दैनन् ति हाम्रा आमाबुवा हुन् ।

– मेरो पिताको काँध भन्दा अग्लो स्थान अर्को कुनै छैन ।

– दुनियाको दुई असम्भव काम आमाको ममता र पिताको क्षमताको अनुमान गर्न सक्नु हो ।

– एक पिता सय पुत्रमा शाषित गर्न पर्याप्त छन् तर सय पुत्र पिताकालागि होइन ।

कहिले हासो त कहिले अनुशासन हो पिता, कहिले मौन त कहिले भाषण हो पिता, आमा घरको भान्सा हुन् भने घरको रासन हुन् पिता ।

– निन्द्रा आफ्नो भुलाएर हामिलाई सुताउने, आशु आफ्नो खसाएर हामीलाई हसाउने, भोकै आफु बसेर हामीलाई अघाउने केवल मातापिता हुन्

मेरालागि सबैभन्दा महत्वपुर्ण कुरा म एक पिता हुँ, यो भन्दा अरु केहि महत्वपुर्ण छैन ।

एक पिता आफ्ना सन्तानको अनुशासनको सबैभन्दा ठुलो गुरु हुन् ।

जब आमाले गाली गर्थिन्, तब पछाडीबाट हसाउने मेरो बुवा हुनुहुन्थ्यो ।

त्यसैले बृद्ध बुबाको बाचुञ्जेल स्याहार सुसार गरौं, आफ्नौ हैसियत र औकात अनुसार लालन पालन गरौं । यही छ सम्पूर्णमा बुबाको मुख हेर्ने दिनको हार्दिक शुभकामना ।।।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment