Search

छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ बाट “माईतीको आगन” को बोल गितमा नव गायिका समाजसेवी सकुना श्रेष्ठ लगायत ५ जना सम्मानित

छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ बाट “माईतीको आगन” को बोल गितमा नव गायिका समाजसेवी सकुना श्रेष्ठ लगायत ५ जना सम्मानित

बाँपीझ्याला, काठमाण्डौं । समाजसेवी, महिला उद्यमी एवं गायीका सकुना श्रेष्ठको “माईतीको आगन” लगायतका सर्व उत्कृष्ठ गितका गायक गायिकाहरुलाई यसपाली तिजको अवसर पारेर छायाँछवि तीज म्युजिक अवार्ड– २०७८ सम्मानित गरिएको छ । जसमा उक्त गितका नव गायिका समाजसेवी सकुना श्रेष्ठ लगायत बिभिन्न बिधामा ७५ जना सम्मानित हुनु भएको छ ।

काठमाण्डौंको रातोपुल स्थित रक हाउस क्याफेमा आज आयोजित उक्त सम्मान कार्यक्रममा “माईतीको आगन” बोलको गितमा सम्मानित हुनेहरुमा नव गायिकामा समाजसेवी सकुना श्रेष्ठ, तिज गित मोडलमा अञ्जु सुनार, उत्कृष्ठ तिज गित लयमा एच.बि सुनार, उत्कृष्ठ तिज गित गायीका मञ्जु उपासना हुनु हुन्छ ।

“माईतीको आँगनमा” बोलको गितमा शब्द/ संगीत एच.बि.सुनार, स्वर सकुना श्रेष्ठ मलेकु र मञ्जु उपासनाको रहेको छ ।

यसै गरी ऐरेन्ज साहस शाक्य, स्टुडियो एकोष्टीक नेपाल, मोडेल शिल्पा पोख्रेल र अञ्जु सुनार, अथिती कलाकारमा रमा थपलिया र देशभक्त खनाल, डाईरेक्टरमा उत्तम “शिशिर” कोरियोग्रोफिमा सुबोल थापा र मेकपमा सपना लम्साल रहेको छ । यसै गरी यस गितको बजार व्यवस्थापनको संयोजन बाँपीझ्याला मिडिया प्रा.लि. र अन्य व्यवस्थापनमा गायिका सकुना श्रेष्ठ आफै अध्यक्ष रहेको संस्था समकालिन एकता समाज नेपाल दोलखा काठमाण्डौंको गरिएको छ ।

गत श्रावण १६ गते सामाजिक सञ्जाल युट्युवबाट सार्वजनिक गरिएको उक्त “माईतीको आगन” बोलको गित सार्वजनिक भएको आजको दिनले ठिक ३७ दिन पुगेको छ । यसै गरी उक्त गित हेर्ने दर्शक महानुभाव एवं शुभचिन्तक भ्युअर १ लाख २१ हजार ४ सय त्रिहत्तर जना पुगेको छ । यसै गरी गित शेयर गर्नेको संख्या हजारौ नाघेको छ ।

नव गायिका समाजसेवी श्रेष्ठको “माईतीको आगन” पहिलो गित पहिलो पटक नै उत्कृष्ठ हुन सफल भएकोमा आफुलाई भाग्यामानी ठान्नु हुन्छ । यसरी हर्षित हुनुका साथै यस सुखद् कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरु, शुभचिन्तक महानुभावहरुमा हार्दिक आभार व्यक्त गर्नु भएको छ ।

साथै आफुलाई आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ बाट सम्मान गर्नु हुने आयोजक संस्थाका अध्यक्ष शान्तीप्रियाज्यू लगायत अवार्ड आयोजनामा प्रत्यक्ष अप्रत्यक्ष सहभागी जनाई सहयोग गर्नु हुने संस्था तथा व्यक्तीत्वहरुलाई हार्दिक धन्यवाद दिनु भएको छ । यस कार्यले नव प्रवेश गर्ने कलाकारहरुलाई थप उर्जा मिलेको श्रेष्ठको भनाई र आगामी रहेको छ ।

यसै गरी नव गायीका समाजसेवी सकुना श्रेष्ठको आफ्नै गायनमा नेपाली र दोलखाको नेवारी भाषामा गित आउने पनि बताउनु हुन्छ ।

नेपाली चलचित्रकी प्रथम नायिका भुवन चन्द, वरिष्ठ गायिका देविका बन्दना, कलाकार तथा निर्देशक दीपाश्री निरौला, कलाकार तथा निर्देशक मोहन निरौला, निर्माता प्रदिप उदय, चलचित्र पत्रकार संघका पूर्व उपाध्यक्ष विष्णुप्रसाद सुवेदी, कलाकार रोशनी केसी, नायिका अनामिका चौलागाईं लगायतले विजेतलाई अवार्ड प्रदान गरेका थिए ।

आठौं संस्करणको छायाँछवि तीज म्युजिक अवार्ड–२०७८ का लागि मनोनयनमा परेका गीत संगीतकर्मीहरुको सूची सार्वजनिक गरिएको थियो । मौलिक सांस्कृतिक पर्व तीजलाई आयोजक संस्थाले मनोरञ्जनको भन्दा पनि संस्कृतिको सम्बर्धन एवं प्रबर्धनसंग जोडेर राष्ट्रिय अवार्डको आयोजना गरिएको आयोजकले बताएको छ । कोरोना कहरबीच पनि यस पटक जे जति गीत निर्माण भए र दर्ता हुन आए, त्यसका लागि सम्पूर्णमा धन्यवाद दिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!