Search

नेकपा एमाले भीमेश्वर नगर कमिटी भेला सम्पन्न

नेकपा एमाले भीमेश्वर नगर कमिटी भेला सम्पन्न

बालकृ्ष्ण ’पासा’ काठमाडौं ।
बाँपीझ्याला, काठमाण्डौं । हिजो शनिवारको दिन नेकपा एमालेको भीमेश्वर नगर कमिटीले आयोजना गरेको काठमाडौंमा रहेका नेकपा एमालेसंग सम्बध्द सदस्यहरुको नविकरण गर्ने र नव सदस्यहरुलाई स्वागत गर्दै भीमेश्वर नगरपालिका दोलखामा भैसकेका र भैरहेका विकासका गतिविधिबारेमा उक्त नगरपालिकाका मेयर भरत केसीज्यूको प्रमुख आतिथ्यमा एक विशेष अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रमको सभापति भीमेश्वर नगर कमिटीको अध्यक्ष राजु श्रेष्ठले गर्नु भएको थियो भने यस कार्यक्रमलाई सन्तोष प्रधानले संचालन गर्नु भएको थियो । उक्त कार्यक्रममा हालसम्म भएको विकासका उपलब्धि र विकासको कार्यक्रममा ढिला सुस्ती हुनुको प्रमुख कारण नै कोभिड–१९ को महामारीको महामारी र केन्द्रीय तहमा भएको राजनीतिक उथलपुथलको कारणले पनि धेरै नराम्रो असर परेको कुरा मेयर केसीले बताउनु भएको छ ।

आजको कार्यक्रममा नगर कमिटी अन्तर्गतको सदस्यहरुको नवीकरण र अगुवा सदस्यहरुलाई समेटेर एकरुपता ल्याउने प्रयास समेट्ने कुरालाई जोडेर भीमेश्वर नगरपालिका भित्र के कस्ता योजना थियो र के योजना लागु गर्दा नगरमा समृद्धि हुनेछ भन्नेमा केन्द्रीत रहेर केही जानकारी गराउने कुरा राख्नु भयो । त्यही अनुरुप भीमेश्वर नगरपालिका भित्र समयसापेक्ष रुपमा शिक्षा क्षेत्रलाई बढी जोड दिएर सरकारी विद्यालय र निजी विद्यालयमा भएको शैक्षिक अन्तर नहोस् भन्ने हिसाबले समानान्तर गरिने पहल भएको कुरा बताउनु भएको छ ।

त्यसैगरि स्वास्थ्य क्षेत्रमा असक्त, गर्भवती महिला र सुत्केरी हुने अवस्थाका बिमारीलाई सहजै उपचार गराउने, यदि काठमाडौं नै लानुपर्ने अवस्थालाई मध्यनजर राखेर एम्बुलेन्सको व्यवस्था गरेको कुरा पनि राख्नु भएको छ । त्यसैगरि यस नगरपालिका अन्तर्गतको वडा नं १ मा अवस्थित दामराङ थलि सुस्पा क्षेत्रमा अत्यधिक मात्रामा थामी जातीहरुको उद्गम स्थल भएकोले यहाँ थामी संस्कृतिको संग्रहालय, होम–स्टे बनाएर पर्यटन स्थल बनाउने पूर्व योजना र सुस्पा क्षमावतीमा रहेको खप्तड बाबाले ध्यान गरेको कुटी समेत रहेकोले यहाँ पनि कुटीलाई व्यवस्थित गरेर ऐतिहासिक बनाउने योजना रहेको बताउनु हुँदै यही वडा नं.१ मा ५७ घरदूरीको एकिकृत बस्तीको निर्माण भएको जानकारी गराउनु भयो ।

वडा नं.२ दोलखा साँस्कृतिक, पौराणिक एवम् धार्मिक शहर भएकोले यहाँको धार्मिक सम्पदालाई निरन्तरता दिन विशेष पहल गरिरहेको र कतिपय निर्माण भैसकेको बताउनु हुँदै हरियाली पार्क चम्पूजाको डिलैडिल पैदल मार्ग बनाएर मन्देश्वरी पार्क हुँदै भ्यू टावर सम्म हाइकिङ यात्रा गर्नको लागि व्यवस्था भैरहेको छ भन्नुभयो । दोलखा एउटा ऐतिहासिक नगरको हिसाबले मात्र होइन कि नेपालकै इतिहासमा सिक्का निकाल्ने राजा दोलखाकै हो भन्ने प्रमाणित भैसकेकोले अब संग्राहलय टकसार बनाउनको लागि विशेष पहल गरिसकेको बताउनुभयो ।

त्यसैगरि भीमेश्वर नपा वडा नं.३ चरिकोट दोलखा जिल्लाकै सदरमुकाम भैरहँदा पनि विगतका जन प्रतिनिधित्व गर्नेहरुले यहाँ के हुनसक्छ ? के हुनै सक्दैन भनेर अनुसन्धान समेत गरेको पाईएन तर अहिले भावी योजना नै भएपनि चिडिया खाना, रङ्गशाला, हिमाली विश्व विद्यालयको स्थापना गर्ने कुरा सन्निकट रुपमा अगाडि बढिरहेको कुरा बताउनु भएको छ । यसै गरि वडा नं. ४ देखि ९ सम्म अत्यावश्यक कुराहरुलाई दृष्टिगत गरि कृषि, मत्स्यपालन, शैक्षिक र फिल्मसिटी निर्माणको योजनामा भीमेश्वर नगरपालिका सकृय रुपमा लागि परिरहेको कुरा बताउनु भएको छ ।

कार्यक्रमको अन्तमा चिया तथा बिहानी खाजा खुवाएर दोलखा काठमाडौं मञ्चका अध्यक्ष राजु श्रेष्ठले नेकपा एमालेको दोलखा संगठनलाई एक जुट भएर अगाडि बढौं भन्ने आव्हानका साथ स्वागत गर्दै उपस्थित सबैमा धन्यवाद दिएर कार्यक्रम बिसर्जन गर्नुभयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!