Search

भोजपुरी फिल्म उद्योगकी महङ्गी अभिनेत्री अक्षराका विवादित क्षण

भोजपुरी फिल्म उद्योगकी महङ्गी अभिनेत्री अक्षराका विवादित क्षण

बाँपीझ्याला, एजेन्सी । भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री अक्षरा सिंह बिग बोस ओटीटीमा प्रतिष्पर्धीको रुपमा रहेकी छन् । अक्षरा भोजपुरी फिल्मकी लोकप्रिय अभिनेत्री हुन् । तर, उनी विवादमा भने सधैं आइरहन्छिन् । उनी बिग बोसमा आएपछि धेरैले खुशी पनि व्यक्त गरेका थिए ।

अक्षराको फिल्म उद्योगका कलाकारसँग मात्रै होइन विभिन्न सन्दर्भमा विवादमा घेरिएकी थिइन् । उनको रितेश पांडेसँग विवाद भइसकेको छ । अक्षराले गायक पांडेविरुद्ध प्रहरीमा उजुरी समेत दर्ता गराएकी थिइन् । अक्षराले रितेशले उनीमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन् ।

अक्षरा निडर अभिनेत्री हुन् । उनी समाजले लगाउने आरोपसँग कहिल्यै डराउँदिनन् । अक्षराले रितेशलाई आरोप लगाउनुअघि उनीहरुको सम्बन्ध निकै राम्रो थियो । तर, अहिले उनीहरुबीच कुनै सम्बन्ध नै छैन ।

यसैगरी, पवन सिंहले दोस्रो बिहेपछि पनि अक्षरासँग डेटसँग सुरु गरेका थिए । अक्षराले पवनसँगको सम्बन्धको बारेमा खुलासा पनि गरेकी थिइन् । तर, उनीहरुको सम्बन्ध बिग्रियो र उनीहरुले अलग हुने निर्णय गरे । त्यसपछि उनीहरु एक अर्काको दुश्मन बने । पवनले अक्षराको करियर बर्बाद गर्नेसम्मका काम गरे ।

अक्षराकी आमा नीलिमा सिंह पनि भोजपुरी फिल्मकी अभिनेत्री हुन् । अक्षरा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेत्री पनि हुन् । उनी एक वर्षमा धेरैवटा फिल्ममा काम गर्छिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!