Search

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

क्रिकेट मैदानमा प्रवेश गर्ने व्यक्ति पक्राउ

बाँपीझ्याला, एजेन्सी । भारत र इंग्ल्याण्डबीच ओभल मैदानमा चलिरहेको चौथो टेस्टको दोस्रो दिन एक व्यक्ति मैदानमा प्रवेश गरेर खेलाडीमाथि आक्रमण गरेको आरोपमा पक्राउ परेका छन् । ती व्यक्ति मैदानमा प्रवेश गरेर जोनी बेयर्सटोलाई धक्का दिएका थिए । जार्वो नाम गरेका तीन व्यक्ति बिहानको सत्रमा मैदानमा प्रवेश गरेका थिए । भारतीय बलर उमेश यादवको नक्कल गर्दै उनले बेयर्सटोलाई धक्का दिएका थिए ।

यसअघि पहिलो दुई टेस्ट खेलमा पनि उनले यस्तै हरकत गरेका थिए । अहिले भने उनलाई पक्राउ गरिएको छ । इंग्ल्याण्ड एन्ड वेल्स क्रिकेट बोर्डले भनेको छ, ‘पिचमा कुनै प्रकारको अतिक्रमण अस्वीकार्य छ । जहाँ खेलाडीको सुरक्षाको कुरा आउँछ हामी त्यसलाई स्वीकार गर्दैनौँ ।’ जार्वोलाई दक्षिणी लण्डनस्थित एक प्रहरी स्टेसनमा हिरासतमा राखिएको बीबीसीले जनाएको छ ।

इंग्ल्याण्डले ब्याटिङ गरिरहँदा ३४ औँ ओभर यो घटना भएको थियो । भारतका उमेश यादव बलिङ गरिरहेका बेला जार्भो दौडिँदै मैदानमा प्रवेश गरेका थिए । यादवको नजिकबाट कुद्दै उनले यादवको नक्कल गर्दै बलिङ गरेका थिए । त्यसपछि ननस्ट्राइकरमा खडा भएका बेयर्सटोलाई धक्का दिएका थिए ।

उनका कारण खेल पाँच मिनेट रोकिएको थियो । उनी मैदान प्रवेश गरेको यो तेस्रो अवसर थियो । यसअघि लर्ड्स टेस्टको तेस्रो दिन जार्वो भारतीय टोलीसँगै मैदानमा प्रवेश गरेर कप्तानले जस्तै फिल्डिङ सेट गर्न थालेका थिए ।

Jarvo69 Mission Impossible, becoming the first white batsman for India. 😄 #jarvo69

FULL VIDEO HERE = https://t.co/GvpofV56tq

Also got a new FB = https://t.co/SuXqCOt3PA Follow as I will start doing Live Q&A’s pic.twitter.com/ueKzp5MwtD

— Daniel Jarvis (@BMWjarvo) August 30, 2021
जार्वोको पुरा नाम डेनियल जार्विस हो । लर्ड्सको घटनापछि उनले ट्वीट गर्दै आफू भारतका लागि क्रिकेट खेल्ने पहिलो ‘श्वेत’ व्यक्ति भएको बताएका थिए । उनले आफूलाई कमेडियन, फिल्ममेकर र प्रयांकस्टर बताउँछन् ।

सामाजिक सञ्जालमा धेरैले यसलाई मजाकका रुप लिए पनि अरुले यसलाई खतरनाक पनि बताएका छन् । एउटै व्यक्ति बारम्बार मैदानमा प्रवेश गरेको प्रति धेरैले आलोचना गरेका छन् । भारतमा यस्तो भएको भए अन्तर्राष्ट्रिय मिडियाको प्रतिक्रिया कस्तो हुन्थ्यो भनेर पनि सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले प्रश्न गरेका छन् । भारतीय कमेन्टेटर हर्षा भोगलेले यसलाई सुरक्षामा गम्भीर चुक बताउँदै इंग्ल्याण्डको मैदानमा काम गर्ने केहीलाई जागिरबाट निकाल्नुपर्नेसम्म बताएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!