Search

वडाध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यबाट शोक सन्देश : अभिभावक गुमाएको अनुभूति प्रकट

वडाध्यक्ष श्रेष्ठको निधनप्रति प्रमुख शाक्यबाट शोक सन्देश : अभिभावक गुमाएको अनुभूति प्रकट

बाँपीझ्याला, काठमाडौँ । काठमाडौँ महानगरले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एक चित्त भएर लाग्ने अभिभावक गुमायो ः मेयर शाक्य
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले, वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठको निधन भएपछि आफूलाई अभिभावक गुमाएको अनुभूति भएको बताउनुभएको छ । आज एक शोक सन्देश जारी गर्दै उहाँले श्रेष्ठको अकल्पित निधनले आफूलाई अत्यन्तै मर्माहत र स्तब्ध बनाएको बताउनु भएको छ ।

सन्देशमा प्रमुख शाक्यले मृत आत्माको चीर शान्तिको काम गर्दै वियोग पीडामा रहनु भएका शोकाकुल एवम वेदनाग्रस्त परिवारजनमा जनप्रतिनिधि, कर्मचारी र महानगरवासीको तर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

श्रेष्ठको परलोक गमनपछि महानगरपालिकाले सम्पदा संरक्षण, विकास र समृद्धिप्रति एकचित्त भएर लाग्ने एक अभिभावक गुमाएको छ । उहाँको योगदान काठमाडौँ महानगरपालिकाले स्मरण गरिरहनेछ । प्रमुख शाक्यको शोक सन्देशमा उल्लेख गरिएको छ ।
मृतक श्रेष्ठका ३ छोरी, १ छोरा र श्रीमती हुनुहुन्छ ।

हिजो साँझ ५ बजेर २६ मिनेटमा उपचारका क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन हुनु भएका श्रेष्ठको शव राती अस्पतालमै राखिएको थियो । आज विहान करीव साढे ९ बजेतिर अन्तिम श्रद्धाञ्जली शवलाई वडा प्राङ्गण दमाइ टोल लगियो ।

त्यहाँ पुगेर प्रमुख शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु वडा सदस्यहरु, कर्मचारीसँगै स्थानीयबासीले पार्थिक सरीरमा पुष्पगुच्छा अर्पण गर्नुभएको थियो ।

मध्यान्न १ बजेसम्म वडामा राखिएको शव त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगियो । त्यहाँ आएका शुभचिन्तकले श्रद्धाञ्जली दिएपछि अहिले अन्तिम संस्कार भइरहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!