Search

ऐतिहासिक शहर दोलखा स्थित नव निर्मित भैरव कुमारी भवनमा थासिमा (धुरी बलो) पूजा सम्पन्न

ऐतिहासिक शहर दोलखा स्थित नव निर्मित भैरव कुमारी भवनमा थासिमा (धुरी बलो) पूजा सम्पन्न

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला ऐतिहासिक नगर भीमेश्वर नगरपालीका वडा नं. २ दोलखा स्थित टसिचा टोलमा निर्माणाधिन अवस्थामा रहेको भैरव कुमारी भवन निर्माण अन्तिम चरणमा पुगेको छ । मल्लकालिन कला कौशललाई झल्काउने अनी परम्परागत नेवारी शैलिका बुट्टाका झ्याल ढोकाहरु हालेर निर्माण हुन गईरहेको उक्त भवन अनुमान गरेको भन्दा आकर्षक र ऐतिहासिकता देखिएको छ ।

यसै गरी आज विहान ९ बजे घरधुरीको (धुरी बलो) थासिमा पूजा गर्ने कार्य सम्पन्न भएको छ । दोलखामा पूर्योत बाजे प्रदिप सापकोटा र गुठीयार आनन्दमान प्रधानले संयुक्त रुपमा विधी विधान अनुसार पूजा गरिएको थियो । पूजा सम्पन्न पश्चात भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठले छानामा राख्नको लागि उक्त पुजा गरिएको धुरी बलोको लागि बनाई राखेको तामाको पाना छाना बनाउन संयोजन गरि राख्नु भएका ललितपुर पाटनका भीम शाक्यलाई हस्तान्तरण गरिएको थियो । यसरी तामाको पाता हस्तान्तरण पछी उपस्थित महानुभावहरुलाई नेवारी परम्परा अनुसार समैबजी र सगुन लिई सम्पन्न गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!